सत्ता गठबन्धन कार्यदलको बैठक जारी, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइने

सत्ता गठबन्धन कार्यदलको बैठक जारी, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइने

१८ साउन, काठमाडौँ ।
सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

सरकारले मन्त्रीपरिषद् विस्तारलाई यथासक्दो चाँडो पूर्णता दिन जोड दिदै आएको छ । आजको बैठकमा मन्त्रीपरिषद् विस्तारभन्दा पनि समसामयिक राजनीतिक तथा कार्यदलको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल केन्द्रीकृत रहेको जनाइएको छ ।

कार्यदलमा सत्तारुढ गठबन्धनका तर्फबाट काँगेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा नेता डा मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.