संवैधानिक आयोगहरु गाडी खरिद गर्ने, भत्ता लिनेमा मात्रै सिमित भए : सामाजिक समिति

१८ साउन ७८, मंगलबार

१८ साउन, काठमाडौँ ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न संवैैधानिक आयोगहरुको काम कारवाहीप्रति असन्तुष्टि जनाएको छ । समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले कतिपय आयोगले आफ्नो कार्यक्षेत्र समेत टुंगो लगाउन नसकेको निष्कर्ष निकाल्दै असन्तुष्टि जनाएको हो ।

समितिको कार्य क्षेत्रभित्र राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग र मुस्लिम आयोग पर्दछ । ती कतिपय आयोगहरुले आफ्नो कार्यक्षेत्र समेत टुंगो लगाउन नसकेको अवस्था रहेकाले उनीहरुलाई आफ्नो कार्य क्षेत्रमा ध्यान दिन सचेत गराउनु परेको समितिकी सभापति निरुदेवी पालले जानकारी दिइन् ।

उनले गाडी खरिद गर्ने, भत्ता लिने मात्रै काम गर्नु बेठिक भएको भन्दै ती आयोगहरुलाई सचेत समेत गराइन् । उनले भनिन्, “बल्लबल्ल गठन भएको आयोगले कार्य क्षेत्र नै टुंग्याउन सकेको छैन । कम के त ? भन्दाखेरी जम्माजम्मी गाडी खरिद गर्न २÷२ करोड लग्या छ । गाडी खरिद गरेको छ । एकै दिनमा ३ वटा प्रदेशमा काम भएको देखाउनु भएको छ । भत्ता लिएको छ । यो बेठिक हो । आईन्दा यस्तो नगर्न भनेर आयोगलाई बोलाएर आफ्नो कार्य क्षेत्रमा ध्यान दिन सचेत पनि गराउने काम गरिएको छ ।”

बैठकमा समितिका सदस्यहरुले महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको हितमा केन्द्रित भएर कानुन बनेपनि कार्यान्वयनमा आउन नसकेको भन्दै सरकारलाई सचेत गराउनुपर्नेमा जोड दिएका थिए । समितिकी सदस्य एवम् पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाथा थापाले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनेपनि त्यसको कार्यान्वयनका लागि समितिले सरकारलाई निरन्तर दवाव दिनुपर्ने आवश्यक्ता रहेकोमा जोड दिइन् । उनले बाल अधिकारको सुनिश्चित गर्न बनेका कानुन कार्यान्वयनमा पनि समितिले सम्बन्धित निकायलाई सचेत गराउनुपर्ने बताइन् ।

समितिकी अर्का सदस्य हिरा गुरुङले सामाजिक विकृति र विसंगतिको अन्त्यका लागि समितिले सरकारलाई दिएको निर्देशन पालना भएकोमा खुसी व्यक्त गर्दै त्यसको अवस्थाबारे जानकारी लिन स्थलगत अवलोकनमा जानुपर्ने अवस्था रहेको बताइन् । उनले छाउगोठ अन्त्य गर्ने अभियानमा समितिले सरकारलाई सचेत गराएको उल्लेख गर्दै त्यस काममा भएको प्रगतिबारे सरकारसँग जानकारी लिनुपर्ने बताइन् ।

समितिले आफ्नो कार्यकालमा सरकारलाई दिएको निर्देशन कार्यान्वयन भने सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । समितिकी सभापति पालले १८ वटा सरकारी निकायलाई समितिले १ सय ८३ वटा विभिन्न बूँदाका दिएको निर्देशन पालना भने सन्तोषजनक रहेको निष्कर्ष निकालिएको बताइन् । सामाजिक क्षेत्रको काममा लागि सरकारलाई दिएको निर्देशन भने आवश्यक बजेट, नीति र योजनामा कमी रहेका कारण कार्यान्वयनमा आउन नसकेको समितिको बुझाई छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top