काठमाडौँमा चोरी भएका २३ वटा मोटरसाईकल धनीले पाए

१८ साउन ७८, मंगलबार

१९ साउन, काठमाडाैँ ।
ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न समयमाचोरी भई भेटिएका २३ वटा मोटरसाईकल आफ्नै कार्यालयमा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो ।

लकडाउन पछि खोजी गरि भेटिएका मोटरसाईकलहरु मंगलबार सम्बन्धित सवारी धनीलाई बुझाइएको एसएसपी जनक भट्टराईले जानकारी दिए । हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन । एसएसपी भट्टराईले आफूहरु सवारी साधनचोरी हुनै नदिने अभियानमा लागि परेको पनि बताए । सकेसम्म चोरी नै हुन नदिने, भए तत्काल खोजी सम्बन्धित सवारी धनीलाई बुझाउने आफूहरुको अभियाननै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले १५ दिन अघि पनि ५० वटा चोरी भएका मोटरसाईकल फेलापारी धनीलाई बुझाएको थियो । एसएसपी भट्टराईले हालसम्म चोरी भएका मोटरसाईकल करिब ७० प्रतिशतमात्रै भेटने गरेको पनि जानकारी दिए ।

महाशाखाले हाल काठमाडौं उपत्यका र त्यस वरपरका जिल्लामा मात्रै हराएको मोटरसाईकलको खोजी गर्दै आएको छ । अवभने त्यसको दायरा देशभर पु¥याउने योजना बनाइएको एसएसपी भट्टराईले बताए । चोरी भएका सबै मोटरसाईकल पत्ता लगाउन पनि यसको खोजीको दायरालाई देशभर बनाउनुपर्ने अवस्था आएको महाशाखाले स्पष्ट पारेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top