नहरमा डुबेर बालकको मृत्यु

नहरमा डुबेर बालकको मृत्यु

मोरङ, असार २२
मोरङको कानेपोखरी गाउँपालिका ३ स्थित राजगंजमा नहरमा डुबेर एक बालकको ज्यान गएको छ ।

कानेपोखरी गाउँपालिका ३ बस्ने सेल्टु ऋषीदेवको ३ बर्षिय छोरा राजकुमार ऋषीदेवको घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर बिहीबार दिउँसो मृत्यु भएको प्रहरी चौकी रमाईलोले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरिएको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.