दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली शुरु

२० साउन ७८, बुधबार
Share this
702shares

२० साउन, काठमाडौँ।

Advertisement

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ कालीध्वज गण १० औँ डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

श्रीजंग गण ११ औँ डफ्फाको २३३ नेपाली शान्ति सैनिकमार्फत मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । दक्षिण सुडानमा आफ्नो कार्यकाल समाप्त गरी नेपाली शान्ति सैनिकको पहिलो, दोस्रो र अन्तिम टोली क्रमशः २०, भदौ ९ र ३० गते स्वदेश आइपुग्ने कार्यक्रम छ ।

Advertisement

कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप गरिएको अदलीबदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ को स्वास्थ्य मापदण्ड पूरा गरिएको सेनाले जनाएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top