विराटनगर,असार २२
समाजको लागि हामी नामक संस्थाले विराटनगर ११ मा रहेको बखरी प्रहरी चौकीलाई बिहीबार फूलसहित गमला हस्तान्तरण गरेको छ ।
समाजको लागि हामी नामक संस्थाले फूल सहित गमला हस्तान्तरण कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय क का प्रमुख लक्ष्मीराज अधिकारीले समाज विकृति र विसंगी तर्फ उन्मुख भएको भन्दै सबैको साथ र सहयोगले मात्र शान्ति सुरक्षा कायम गर्न सकिने बताए ।
अहिले युवायुवतीहरुको विभिन्न प्रकारका कुलतमा फसेकोले समाजको लागि हामी नामक जस्ता संस्थाले यस क्षेत्रमा काम गरेर अगाडि बढ्न सुझाव दिए ।
यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले अहिलेको अवस्थामा युवाहरु पलायन भएकाले युवाहरुले खोलेका यस्ता संस्थालाई सहयोग गर्न आफू तत्पर रहेको बताए ।