सुनुवाइ समितिका लागि तीनजनाको नाम स्वीकृत

काठमाडौँ, असार २२

Advertisement

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्ने तीनजनाको नाम घोषणा गरेका छन्।

आजको बैठकको प्रारम्भमा उनले राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्ने जानकारी गराएकामा बैठकले उनीहरुको नाम स्वीकृत गरेको थियो ।

Advertisement

पन्ध्र सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीनजना मनोनयन गर्ने प्रावधान छ । उक्त समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहनेछन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top