गौतम बुद्ध क्रिकेट रङ्गशालालाई प्रेम सञ्जेलले गरे एक लाख सहयाेग

२२ साउन ७८, शुक्रबार

२२ साउन, काठमाडौं ।

Advertisement

भ्रष्टाचारविरोधी अभियन्ताका रुपले चिनिएका पूर्व उपसचिव प्रेम सञ्जेलले  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि १ लाख १ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

चितवनमा जनस्तरबाट निर्माणाधीन साे रंगशालालाई प्रेमप्रसाद सञ्जेल र डा. विनिता सञ्जेलले उक्त सहयोग गरेकाे धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।

Advertisement

 सञ्जेल ४० वर्षसम्म सरकारी जागीर खाएर केही समयअघि अवकास पाएका थिए । ‘हामी बनाउँछौं हाम्रो रंगशाला’ अभियानका लागि गरेको सहयोगका निम्ति फाउन्डेसनले आभार प्रकट गरेको छ । सहयाेग गर्न इच्छुकलाई पनि अभियानमा जाेडिन आग्रह गरिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top