२३ साउन, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका–१४ कलङ्की खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जना पक्राउ परेका छन् ।
कालीमाटीबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान भारत विहार घर भई कलङ्की खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसीलाई पक्राउ गरेको हो ।
पसलमा बाख्रीको पहिचान खुल्ने अङ्गहरू लुकाएर खसीको मासु भन्दै बेच्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ ।