सरकार परिवर्तनले सत्ता गठबन्धनलाई दशैं आएजस्तै भएको छ: ओली

२६ साउन ७८, मंगलबार
Share this
799shares

२६ साउन, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन असाध्यै हौसिएको बताएका छन्। आज प्रतिनिधि सभामा बोल्दै उनले सत्ता गठबन्धन दशैंमा केटाकेटी आँगनमा नाचेजस्तो नाचिरहेको पनि बताए।

उनले भने, ‘सत्ता गठबन्धनका मित्रहरू असाध्यै हौसिनुभएको छ, केटाकेटी आँगनमा नाचेजस्तो नाच्नै ठिक्क। एक महिनासम्म बधाई र शुभकामना खुब चलेको छ। दशैं आएजस्तै भएको छ ।’

Advertisement

सरकारले एक महिनासम्म केही काम नगरेको उनको आरोप छ। तर सरकारले भूमि आयोग खारेज गरेकोमा भने ओलीले असन्तुष्टि जनाएका छन्। ‘सरकारले केही गरेको छ, भूमि आयोग बन्द गरेर घाँटी सेर्ने काम भएको छ,’ उनले भने।

ओलीले असाधारण मतसहित फेरि आफू आउने बताएका छन्। उनले लोकतान्त्रिक प्रणालीका संस्थाहरू मर्यादामा बसेर काम गर्नुपर्ने पनि बताए।

Advertisement

उनले सत्ता गठबन्धनको भने आलोचना गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top