काठमाडाैँमा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडाैँमा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

२६ साउन, काठमाडौं ।

काठमाडाैँ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । निषेधाज्ञा थप गर्दै प्रशासनले बिहीबारबाट लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले बताए । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.