केपी ओली भ्रष्टाचारीका राजनेता : रमेशजंग रायमाझी

२५ साउन ७८, मंगलबार

२६ साउन, काठमाडौँ ।
राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने भ्रष्टाचाका महानायक केपी शर्मा ओली भएको आरोप लगाएका हुन् ।

Advertisement

उनले २ वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए । नीति तथा कार्यक्रममा समेत समर्थन जनाएको बताउँदै उनले ओली सरकार पटकपटक भ्रष्टाचारमा डुबेको बताए । उनले कोभिड १९ मा पनि अर्बौं रुपैयाँ भ्रष्टाचार गरेपछि भ्रष्टाचारका महानायक केपी ओलीलाई तह लगाउनका लागि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएको बताए ।

उनले भने, “हामीलाई सरकार बनाउने चाहना थिएन, पार्टीका स्ांसदीय दलका नेताले पटक पटक सरकारमा जाने मेरो चाहना होइन भन्नुभएको थियो, जनताले दिएको म्यान्डेट, तर संसदमा बहुमत अर्कै पार्टीको नेतालाई मान्न तयार भएपछि के गर्ने ? संसद विघटन गरेर संसदलाई समाप्त गर्ने भ्रष्टाचारका महानायक केपी शर्मा ओलीले त्यो कदम चालेपछि हामी बाध्य भयौँ, सांसदहरु बाध्य हुनुभयो, आफैँले हस्ताक्षर गरेर दिएका माननीयहरुले भन्नुपर्यो, तपाईले सत्ताबाट अलग्गिनु पर्छ, त्यो स्थिती कसले ल्यायो ? हामीले ल्याएका हौँ ? सदनमा २ वर्षसम्म हामीले कुनै पनि अब्जेक्शन बिना समर्थन गर्यौं, हामीले नीति तथा कार्यक्रममा समेत समर्थन जनायौँ, तर यो सरकार पटक पटक भ्रष्टाचारमा डुब्न थाल्यो, कोभिड १९ आएपछि अर्बौं रुपैयाँ भ्रष्टाचार भएपछि हामीले बाध्य भएर मुलुकका जनताको जिउधनको सुरक्षा, संविधान बचाउन र भ्रष्टाचारीहरुका महानायक केपी शर्मा ओलीलाई तह लगाउनका लागि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा ५ दलको गठबन्धन बनाएको हो ।”

Advertisement

उनले केपी शर्मा ओलीलाई भ्रष्टाचारी राजनेता भने आफू स्वीकार्न तयार रहेको बताए । गिरीबन्धु टी स्टेटको २८० बिघा जग्गा २४ गते नै गर्नुपर्ने के जरुरी थियो भन्दै प्रश्न गरे ।

उनले भने, “गिरीबन्धु टी स्टेटको २८० बिघा जग्गा २४ गते नै गर्नुपर्ने के जरुरी थियो ? वैधानिकता सकिएको सरकारकमा अर्बौं रुपैयाँको भ्रष्टाचारमा संलग्न सरकारका प्रधानमन्त्री अनि राजनेता, भ्रष्टाचारी राजनेता भन्नुस्, स्वीकार्न म तयार छु, भ्रष्टाचारको नायिके भन्नुस् म स्वीकार्न तयार छु, तर राजनेता हुने चरित्र हुनुपर्यो, त्यो हामीले देखेनौँ । ”

Advertisement

कोभिड १९ का सामग्री खरिदमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको बताउँदै उनले त्यसमा संलग्न हुने भ्रष्टाचारीहरुलाई कारबाही गर्नको लागि संसदीय समिति बनाउन पनि आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top