आन्तरिक राजस्व विभागको स्टिकरसहित ५ जना पक्राउ

२६ साउन ७८, बुधबार

२६ साउन, कैलाली ।
गौरीगंगा नगरपालिका-७ बाट आन्तरिक राजस्व बिभाग लेखिएको स्टिकर रोल ७७ (जम्मा स्टिकर संख्या २ लाख ८८ हजार ६ सय ७४), ७० यूपी ३०० एमएल लेखिएको छाप ३ थान , ३ थान स्ट्याम प्याड र मसी सहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने १९ वर्षीय संजित कुमार, सोही ठाउँ बस्ने २० वर्षीय रिङ्कु कुमार, २२ वर्षीय सुरेश कुमार, रौतहट गरुडा नगरपालिका-१ जयनगर बस्ने ४० वर्षीय राज कुमार शाह र पर्सा वीरगंज नगरपालिका-१३ घन्टाघर बस्ने ५५ वर्षीय विजय गुप्ता रहेका छन् ।

संजित कुमारले चलाएको ना.३२ प ६२८१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कैलाली र मातहातबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३ वटा कार्टुनभित्र आन्तरिक राजस्व बिभाग लेखिएको उक्त स्टिकर फेला पारी संजित र मोटरसाइकलमा सवार रिङ्कुलाई पक्राउ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरुमध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नम्बर भएका स्टिकर पटकपटक दोहोरिएको पाइएको र उक्त स्टिकर गौरीगंगा नगरपालिका-७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रालिबाट ल्याई उनीहरु बस्ने कोठामा छाप लगाउन लैजान लागेको भन्ने खुल्न आएपछि उनीहरु बस्ने कोठामा तलासी गर्दा छाप, स्ट्याम प्याड र र मसी समेत फेला पारी बरामद कोठामा रहेका राज कुमार, विजय र सुरेश कुमारलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उक्त वेष्टर्न लिकर्स प्रालिमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरी आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीबाट थप अनुसन्धान भइरहेको छ ।

उनीहरुलाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीमा पठाइने उक्त कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top