पिएसजीमा मेस्सीको नयाँ यात्रा सुरु, ३० नम्बर जर्सी लगाउने

२७ साउन, एजेन्सी ।

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आफ्नो नयाँ यात्रा सुरु गरेका छन्।मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरे ।

झन्डै २ दशक बार्सिलोनामा बिताएका मेस्सीले गत साता क्याटलान क्लब छोड्ने घोषणा गरेका थिए । मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो । मेस्सीको आगमनसँगै पेरिसको ट्राफिक व्यवस्था मिलाउन नै स्थानीय प्रहरीलाई हम्मे परेको थियो ।

Advertisement

 

मेस्सीले हाललाई पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको हो । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ‌‌। यसबाहेक टोलीको सफलता र व्यक्तिगत प्रदर्शनअनुसार बोनस पनि रहेको छ । मेस्सीले ३० नम्बर जर्सी प्रयोग गर्नेछन् ।

क्लबसँग सम्झौता गरेलगत्तै मेस्सीले पिएसजी आफ्नो लागि उत्तम क्लब रहेको अभिव्यक्ति दिए । ‘म पेरिसमा रहेर आफ्नो करिअरको नयाँ यात्रा सुरु गर्न उत्सुक छु । मलाई थाहा छ यहाँका खेलाडी र स्टाफ कति मिहिनेती छन् भन्ने । क्लब र मेरो लक्ष्य मेल खान्छ र मेरो लागि यो उत्तम गन्तव्य हो । म क्लबसँग अघि बढेर सफलता हासिल गर्न उत्साहित छु,’ उनले भने ।

क्लबका अध्यक्ष नासेर अल खलिफाले मेस्सीलाई अनुबन्ध पाउँदा निकै खुसी रहेको बताए । ‘ म खुसी छु की मेस्सीले पिएसजी आउने निर्णय गरे । उनी हाम्रो परिवारको हिस्सा बन्नु गौरवको कुरा हो,’ उनले थपे,’मेस्सीले शीर्ष श्रेणीको फुटबलमा उपाधि जित्ने लक्ष्य राखेका थिए । यो हाम्रो क्लबको लक्ष्यसँग मेल खाएर नै सहकार्य भएको हो ।’

 

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top