लुम्बिनीका भौतिक पूर्वाधारमन्त्री पाण्डेयको नाटकीय राजीनामा

२७ साउन, काठमाडौं ।

Advertisement

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन्।

जनता समाजवादी पार्टीबाट मन्त्री बनेका  उनले सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानेर राजीनामा दिएको उल्लेख गरेका छन्।

Advertisement

उनले आजै जसपाको संसदीय दलको बैठकले लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकोले राजीनामा दिएको उनले बताएका छन्।

जसपाबाट मन्त्री बनेका विजयबहादुर यादव र कल्पना पाण्डेयले भने राजीनामा दिएका छैनन्। गत वैशाख ६ गते पोखरेल नेतृत्वको मन्त्रिपरिषद्‍मा मन्त्री बनेका तीनै जनालाई जसपाले कारबाही गर्दै सांसद पदबाट हटाउन प्रदेशसभा सचिवालयलाई सिफारिस गरेको थियो। सोहीबमोजिम प्रदेससभा सचिवालयले उनीहरुलाई सांसद पदबाट मुक्त गरेको थियो। त्यसविरुद्ध उनीहरु सर्वोच्च अदालतमा पुगेका थिए। तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेका कारण तीनै जनाको सांसद पद गुमिसकेको छ।

Advertisement

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ। प्रदेश सभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दै छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top