×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

ओली उप्काउँदै नेपाल टाँस्दै

२७ श्रावण २०७८

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘तपाईंले जति गाली गरे पनि हामी फर्काउँदैनौं, किनभने हामी पार्टीको एकता चाहन्छौं’ भन्ने जवाफ दिएपछि सो पार्टीमा एकताको वातावरण बन्ने अपेक्षा गर्नेहरू केही समययता निरास भएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल पक्षले ओलीका साथ एउटै लहरमा बसेर एकताको ‘जेस्चर’ पनि देखायो । तर, ओलीको व्यवहारमा भने नेपाल पक्षमा उभिएका नेता–कार्यकर्ताप्रति कुनै सकारात्मक दृष्टिकोणको संकेत देखिएन । ओलीले सोमबार मात्र पनि नेपाल पक्षलाई ललकार्दै भन्नुभयो, –‘मलाई सच्चिने अन्तिम मौका छ रे, माफी माग भनेका छन् । अब मैले दाम चढाएर उनले जस्तै वरिपरि घुमेर माफी माग्नुपर्ने ?’ओलीले प्रधानमन्त्री रहँदा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गर्ने, अध्यादेशमार्फत सरकार चलाउने र कम्युनिस्ट पार्टीको व्यवहारअनुसार सामूहिक नेतृत्वको अभ्यास नगरेको वा पार्टीमा सल्लाह नगरी एक्लै चल्ने जस्ता व्यवहार गरेर अधिनायकवादी चरित्र आरोप लगाएको नेपाल पक्षले यसका लागि आत्मालोचना गरेर पार्टीलाई मिलाएर लानुपर्ने धारणा राख्दै आएको छ । तर, ओलीको आजसम्मको व्यवहार हेर्दा जतिसुुकै ठूलो उपलव्धिका लागि पनि झुक्ने सम्भावना देखिएन ।

Advertisement

ओलीले प्रधानमन्त्री पदबाट निष्कासनमा परेपछि पहिलोपटक मंगलबार प्रतिनिधिसभाको रोस्टममा जुनरूपमा बोल्नुभयो, त्यो हेर्दा पनि विरोधी वा प्रतिपक्षीलाई निर्मम प्रहार गर्ने अभ्यासमा कुनै कमी देखाउनुभएको छैन । आफ्नो कमजोरी स्वीकार गर्दा नै लोकतन्त्र बलियो हुन्छ, पार्टी एकढिक्का रहन्छ भन्ने सत्य उहाँले महसुस गर्नुभएको पाइएन ।आफ्नो सरकार जोगाउन भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग आफ्नो पदीय मर्यादा बिर्सेर ‘सम्झौता’ गरेको, कुर्सीकै रक्षाका लागि कानुन मिचेर जसपाको राजेन्द्र महतो समूहलाई सरकारमा भित्र्याएको, संविधान मिचेर जनप्रतिनिधिको उच्च संस्थालाई खारेज गरेको जस्ता गम्भीर गल्तीमाथि उभिएर विरोधीलाई आलोचना गर्ने उहाँको व्यवहार हेर्दा एमालेमा एकीकरणको सम्भावना क्षीण हुँदै गएको प्रमाणित हुन्छ ।छिमेकी भारतले नियन्त्रणमा लिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा वर्तमान देउवा सरकारले ‘सीमा समस्या’ भन्दै साझा न्यूनतम कार्यक्रम प्रकाशित गरेकोमा पनि ओलीको आपत्ति थियो, ‘यो भूमि वार्ता गरेर फिर्ता ल्याउँछु किन भन्न नसकेको ?’ प्रष्ट छ, सो क्षेत्रमा भारतले सडक खन्दा ओलीकै सरकार थियो, वर्षौंसम्म कानमा तेल हालेर बस्ने उहाँ नै हो । अरूलाई भन्न जति सजिलो छ, परराष्ट्र सम्बन्धमा ८० प्रतिशतभन्दा बढी भारतमा निर्भर रहेको नेपालका लागि राष्ट्रिय एकताको वातावरण नबनेसम्म यस्ता विषयमा प्रगति हासिल गर्न सजिलो छैन भन्ने तथ्य नक्सा पास गर्दाको अवस्थालाई स्मरण गरे पुग्छ ।

Advertisement

पछिल्लो समय दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट महाकालीमा खसेर बेपत्ता भएको घटनाको सत्यतथ्य पत्तालगाई बाहिर ल्याउन सरकारले सकिरहेको छैन, किनभने तुइनको डोरी काट्ने कार्य भारतीय सीमा सुरक्षाकर्मी एसएसबीबाट भएको भन्ने समाचार बाहिर आएको छ । यस्ता विषयमा राष्ट्रिय एकता, संयमता र रणनीतिक चातुर्य आवश्यक पर्छ, विगतको दुईतिहाइ निकटको ओलीबाट समेत ‘भूमि नै ल्याउँला, नक्सा किन चाहियो’ जस्ता टिप्पणी गर्दै पहिला पन्छिने काम नभएको होइन ।दलका नेताहरूमा जवाफका लागि जवाफ दिने जुन प्रवृत्ति देखिएको छ, त्यसलाई नेपाली बुद्धिजीवीले मन पराएको देखिन्न । ओलीले प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले मंगलबार देउवा सरकारको न्यूनतम साझा कार्यक्रमलाई ‘सडकतिर बाँडेको कागज’ भनेर जुन टिप्पणी गर्नुभयो, त्यसलाई सम्मानजनक शब्दचयनको टिप्पणी भन्न सकिन्न ।गत असार २८ मा भएको प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीबाट हटेका ओलीका तीखा वचन सबैभन्दा बढी आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपालले नै सुन्नुपरेको छ ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top