खोप कार्ड वितरणमा ढिलाइ :विदेश जाने सेवाग्राहीको विचल्ली

२६ साउन ७८, बुधबार

काठमाडौँ: विदेश जान चाहने नागरिकका लागि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड लागू गरिएपछि सेवाग्राहीलाई झनै सास्ती भोग्न बाध्य भएका छन् ।

Advertisement

खोप प्रमाणीकरणका लागि घण्टौँसम्म लाइन बस्दासमेत पालो नआएको भन्दै सेवाग्राहीले आन्दोलन गर्न थालेका छन् । सरकारले गएको बुुधबारदेखि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड जारी गर्न सुुरु गरेको थियो तर यसबाट सेवाग्राहीले झनै सास्ती भोग्नु परेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले क्यूआर कोडका लागि पाँच दिनसम्म धाएर पनि कोड जारी नभएको गुनासो गरेका छन् । रोइकराई गर्दासमेत सरकारका जिम्मेवार निकाय बेखबर छन् । विदेश जानेको समयमा कोड जारी नहुँदा कतिपयले टिकट नै गुमाउनु परेको छ । सरकारले रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जानेलाई क्यूआर कोडसहितको खोप कार्ड व्यवस्था गरेको छ ।

Advertisement

फिर्ती टिकटसहित घर बिदामा आएर पुुनः फर्किने धेरैजसोले कोड जारी नहुँदा टिकट गुमाउनु परेको छ । यस्तैमध्येका हुनुहुन्छ सल्र्लाहीका विजय शाह । उहाँ सरकारले भनेअनुसार अनलाइनबाट फर्म भेरर क्यूआर कोडका लागि कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र धाउन थालेको तीन दिन भयो । चार वर्ष साउदी बसेर गएको चैतमा घरबिदामा आउनुभएका उहाँ कोरोनाको दोस्रो लहरले अन्तर्राष्ट्रिय उडान रोकिँदा यतै रोकिनुभयो ।

उहाँले भन्नुभयो, “विदेश जाने तयारी गरेर घरबाट बिदा लिएर आउनुभएका शाहले आँखाभरि आँसु पार्दै भन्नुभयो, जनतन खोप लगाइयो क्यूूआर कोडका लागि सबै प्रक्रिया गरियो, तीन दिन भयो यसैका लागि धाउन लागेको पाइएन, आज टिकट छ के गर्ने, मेरो टिकटको खर्च सरकारले बेर्होछ ?, शाह त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ ।

Advertisement

उहाँजस्ता हजारौँ सङ्ख्याका युवाले क्यूूआर कोडका लागि चार/पाँच दिन धाउन बाध्य छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको समन्वय नहुँदा श्रम बेच्न जाने श्रमिकले सास्ती भोग्नु परेको वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top