कर्णालीको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्लुएचओ

२६ साउन ७८, बुधबार

२७ साउन, सुर्खेत ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । सङ्गठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ । डब्लुएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मङ्गलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत डब्लुएचओका नेपाल प्रमुख डा राजेश पाण्डवले स्वास्थ्य अवस्थामा देखिएको कमजोरीलाई सुधार गर्न डब्लुएचओले विशेष गृहकार्य गरिरहेको बताए ।

यसका लागि कर्णालीको कार्ययोजना अनुरूप अघि बढ्ने जनाउँदै नेपाल प्रमुख डा पाण्डवले अन्य प्रदेशको तुलनामा कर्णालीको स्वास्थ्य अवस्था कमजोर रहेकाले अहिले यो प्रदेशमा कोरोना खोप, स्वास्थ्य सामग्री लगायतको उपलब्धता र आगामी दिनमा थाल्नुपर्ने रणनीतिका विषयमा जानकारी लिन सुर्खेत आएको जनाए ।

“हरेक वर्गका नागरिकको स्वास्थ्य राम्रो हुनुपर्दछ भन्ने मान्यता विश्व स्वास्थ्य सङ्गठनले राख्दछ । यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी हातेमालो गर्न तयार छौँ”, प्रमुख डा.पाण्डवले भने, “यसका लागि सङ्घ र प्रदेश सरकारबाट यहाँको स्वास्थ्य अवस्था र कस्तो ठाउँमा सहयोग गर्दा प्रभावकारी हुन्छ भन्ने तथ्याङ्कसहितको प्रतिवेदन हामीले पाउँदा काम गर्न सहज हुनेछ ।”

कर्णालीका नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउनका लागि नजिकबाट त्यो अवस्था नियालिरहेको र आउने दिनमा सङ्गठनले स्वास्थ्य क्षेत्रको प्रगतिका निम्ति सहयोग गर्ने भन्दै उनले कोरोना महामारीको जोखिम कायमै रहेकाले यसबाट बच्न सबै पक्ष गम्भीर भएर लाग्न अनुरोध गरे । डब्लुएचओले सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top