एशियाली विकास बैङ्कले नेपाललाई दियाे १९ अर्ब ५८ करोड ऋण

२७ साउन, काठमाडौँ ।

एशियाली विकास बैङ्कले नेपाललाई कोरोना विरुद्धको खोप किन्नका लागि १९ अर्ब ५८ करोड सहुलियत पूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ ।

सहयोग सम्बन्धी सम्झौता पत्रमा आज नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि एशियाली विकास बैङ्कका देशीय निर्देशक आनो कुस्वाले हस्ताक्षर गरेका छन् ।

बैङ्कको सो ऋण सहयोग रकम कोभिड विरुद्धको १ करोड ५९ लाख डोज खोप किनेर नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुर्‍याउने कार्यमा प्रयोग गरिने छ । सो खोप किनेर ६ लाख ८० हजार जनताले फाइदा प्राप्त गर्नेछन् ।

कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नेपाली नागरिकको जीवन सुरक्षा गर्दै समग्र अर्थतन्त्रको पुनर्स्थापना गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

त्यसैगरी, सम्झौता कार्यक्रममा नेपालका लागि एशियाली विकास बैङ्कका देशीय निर्देशक आनो कुस्वालले कोभिड–१९ को सङ्क्रमणबाट नेपालको सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असरलाई व्यवस्थापन गर्न नेपाल सरकारलाई पुर्‍याएको सहयोगलाई बैङ्कले निरन्तरता दिने जानकारी गराए ।

एशियाली विकास बैङ्कले कोभिड रेस्पोन्स आयोजनामार्फत नेपाललाई कोरोना विरुद्धको अभियानमा सहयोग पुर्‍याउँदै आएको छ ।

कार्यक्रममा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाका प्रमुख सहसचिव धनिराम शर्मा लगायतका कर्मचारीहरू र एशियाली विकास बैकका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top