युवालाई डोरीले बाँधेर कुटपिट गर्ने जुनीचाँदेका वडाअध्यक्ष ५ हजार धरौटीमा रिहा

युवालाई डोरीले बाँधेर कुटपिट गर्ने जुनीचाँदेका वडाअध्यक्ष ५ हजार धरौटीमा रिहा

२७ साउन, सुर्खेत ।

वडा कार्यालय परिसरमा सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा पक्राउ परेका जुनीचाँदे गाउँपालिका- २ का वडा अध्यक्ष रामबहादुर नेपाली धरौटीमा रिहा भएका छन् । पक्राउ परेको एक सातापछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले उनलाई आज धरौटीमा रिहा गरेको हो ।

उनले साउन १५ गते आफ्नै भतिजा नाता पर्ने सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनलाई प्रहरी प्रतिवेदनका आधारमा अभद्र व्यवहार सम्वन्धी मुद्दा चलाइएको थियो ।  ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले पीडित पक्षलाई बुझ्दा त्यस्तो ठूलै गल्ती भएको जस्तो नदेखिएकाेले  भदौ १६ गते बकपत्र गर्न आउने गरि पाँच हजार धरौटी लिएर रिहा गरेकाे बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.