कैलालीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

कैलालीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

२८ साउन, धनगढी।

कैलालीको भासुभीर सडक खण्डमा हिजो साँझ प्रदेश ३-०१-००२३ च ९०५९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिकाकी ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिकाका पाँच वर्षीया एलिसा खड्का रहेका छन् । उनीहरुको उपचारका लागि अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । धनगढीबाट डोटीको गैरा जाँदै गरेको उक्त जीप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा जोरायल गाउँपालिकाका जीप चालक रमेश खड्का, आठ वर्षका बालक सुशील साउँद र निर्मला खड्का घाइते भएका छन् । बालकको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि धनगढीको मयामेट्रो अस्पतालमा भर्ना गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.