प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

२८ साउन, विराटनगर ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९१, मोरङमा १३५, सुनसरीमा ११६, धनकुटामा २१, इलाममा १०, उदयपुरमा ६, संखुवासभामा ४, ते¥हथुममा २, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा ५७, विर्तामोडमा ३५, कनकाईमा २१, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १७, अर्जुनधारामा ९, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, हल्दिबारी र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३३, केराबारीमा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, बेलबारीमा ६, लेटाङ, रंगेली र कानेपोखरीमा ३–३, सुनबर्षी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, बुढीगंगा, धनपालथान, कटहरी र ग्रामथानमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुनसरीको इटहरीमा ५७, धरानमा ३५, रामधुनीमा ८, बराहक्षेत्रमा ६, दुहवीमा ५, इनरुवामा ४, गढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिबासमा ६, छथर जोरपाटीमा ३, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३–३, मांसेबुङमा २, सुर्योदय र रोङमा १–१, उदयपुरको चौदण्डीगढी र बेलकामा २–२, कटारी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेका १, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७१० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४७ महिला र ३६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top