×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026
Playing
अवैध घरटहरा हटाउन ४ हजार बढी जनशक्ति परिचालन|| Nepal Times
Apr 25, 2026
Playing
एकातिर वार्ता, अर्कातिर इरानी डुंगालाई देख्नेबित्तिकै गोली हा न्ने आदेश || Nepal Times
Apr 25, 2026

सर्वोच्चको आदेश: ‘मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नु’

२९ श्रावण २०७८

२९ साउन, काठमाडौं ।

सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानूनीरुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । विहीबार न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्णपाठमा  मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न आदेशको माग गर्र्दै दायर गरेको रिट निवेदनमाथि उक्त फैसला गरेको हो ।

Advertisement
Advertisement

जिल्ला सोनभद्र चोपान नगरपालिका- ८ भारत स्थायी घर भई मोरङ विराटनगर उपमहानगरपालिका-५ स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्राली एमबिबिएस तहको पहिलो सत्रमा अध्ययनरत विद्यार्थी विनितकुमार वर्माले दायर गरेको रिट निवेदनमा उक्त फैसला आएको हो ।

फैसलाको पूर्णपाठमा अदालतले चार बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । “अब उप्रान्त नेपालमा सञ्चालित मेडिकल कलेजले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी स्वदेशी वा विदेशी विद्यार्थी भर्ना नगर्नु नगराउनु”, फैसलाको पूर्णपाठमा भनिएको छ, “कुनै कारणवश बढी विद्यार्थी भर्ना गराएको देखिएमा तत्काल अर्को वर्षमा तोकिएको सिट सङ्ख्यामा नबढ्ने गरी सो अघिल्लो वर्षमा बढी भर्ना लिएको सिट सङ्ख्या बराबरका सिट नेपाल सरकारले प्रदान गर्ने अन्य छात्रवृत्तिसरह नै थप नेपाली विद्यार्थीलाई छात्रवृत्तिका रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनु ।”

अदाललते आदेश कार्यान्वयन भए नभएकोसमेत निरीक्षण र अनुगमन गरी आवश्यक कारवाही गर्न भनेको छ । “उपर्युक्त बमोजिम सञ्चालित मेडिकल कलेजले प्रचलित कानून बमोजिम नेपाल सरकारको सरोकारवाला निकाय, नेपाल मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयले तोकेको मापदण्ड एवं भर्ना सिट सङ्ख्याको पालना भए नभएको हेर्नु”, फैसलामा भनिएको छ, “यस सम्बन्धमा नियामक निकायको निर्णय, पत्र, निर्देशन तथा मापदण्ड र अदालतबाट कुनै आदेश भएको भए सो आदेश कार्यान्वयन भए नभएको नियमितरुपमा निरीक्षण एवं अनुगमन गरी आवश्यक कारवाही गर्नु गराउनु ।”

अदाललते मेडिकल कलेजको निरीक्षण गर्न खटिएका व्यक्तिको सेवा शर्तअनुरुप निष्पक्षताका साथ कार्यसम्पादन भए वा नभएको हेर्न भनेको छ । “मेडिकल कलेजको निरीक्षण गर्न खटिएका अधिकार प्राप्त अधिकारीबाट आफ्नो सेवा शर्त अनुरुप तथा निष्पक्षताका साथ कार्यसम्पादन गरे नगरेकाबारे अनुगमन गरी निजको कार्यसम्पादनको अभिलेख राख्नु”, फैसलामा भनिएको छ, “सम्बन्धित निकायको जिम्मेवार अधिकृतमार्फत राख्न लगाई निजमध्ये कसैको कार्य सम्पादनमा व्यक्तिगत स्वार्थ वा कुनै पनि प्रकारको अन्य कैफियत देखिएमा निजलाई भविष्यमा यस प्रकृतिको निरीक्षण कार्यमा संलग्न नगर्नु नगराउनु ।”

अदालतते नोबेल मेडिकल कलेजले शैक्षिकसत्र २०७२÷०७३ का लागि एमबिबिएस शैक्षिक कार्यक्रममा नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना लिएको र पुनरावेदन अदालत पाटनको विसं २०७२ मङ्सिर १६ को आदेशबमोजिम गरेको नदेखिएकाले आगामी वर्षमा सम्बन्धित वर्षका लागि निर्धारित कूल सिट सङ्ख्यामा नबढ्ने भर्ना लिन भनेको छ ।

Advertisement

“शैक्षिकसत्र २०७२÷०७३ मा बढी भर्ना लिएका विद्यार्थी सङ्ख्याको पाँच भागको एक भाग सिट सङ्ख्याका दरले आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष सरकारले उपलब्ध गराउने नेपाली विद्यार्थीको छात्रवृत्ति सङ्ख्यामा थप गर्ने व्यवस्था मिलाउनु”, निर्देशनात्मक आदेशमा भनिएको छ, “आगामी वर्षमा नेपाल मेडिकल काउन्सिलले स्वीकृत गरेको सिट सङ्ख्याभन्दा बढी विद्यार्थी भर्ना गर्ने अन्य मेडिकल कलेजको हकमा पनि उपरोक्त निर्देशन अनिवार्य लागू हुनेछ ।”

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top