उखु किसानको १५ करोड नतिर्ने वीरेन्द्र कनौडिया सात महिनापछि मुख्यमन्त्री बन्दै

२८ साउन ७८, शुक्रबार

काठमाडौं : उखुको रसको चिनी बनाएर बेचे पनि उखुको भुक्तानी नदिएर किसानलाइ रुवाइरहेका वीरेन्द्र कनौडिया नै सात महिनापछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै छन् ।

Advertisement

कनौडियाको महालक्ष्मी सुगर मिल कपिलवस्तुमा थियो, जहाँबाट उनी प्रदेससभामा निर्वाचित भएका थिए । ०७५ सालमा उनले सर्लाहीको गोडैता नगरपालिकामा मिल स्थानान्तरण गरे ।

कपिलवस्तु, नवलपरासी र सर्लाहीमा गरी उनको चिनी मिलले १५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानहरुलको भनाइ छ । सर्लाहीमा मिल स्थानान्तरण गरेपछि पहिलो क्रसिङ (०७६ को सिजन) कै ६ करोड बक्यौता छ ।

Advertisement

यो वर्ष पनि ६ करोडजति गरेर कूल १२ करोड रुपैयाँ महालक्ष्मी सुगर मिलले दिन बाँकी छ, उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ राय भन्छन् ।

किसानलाई गुनासा यतिमै सिदिदैनन् । ‘पहिलो वर्ष नै किसानलाई प्रतिक्विन्टल ३६ रुपैयाँ कम दरले भुक्तानी दिएको रायले बताए । महालक्ष्मी सुगर मिलले अरुलाई पनि ठग्न सिकायो’, राय भन्छन्, ‘समर्थन मूल्य ४ सय ७१ रुपैयाँ प्रतिक्विन्टल रहँदा जिल्ला प्रशासन कार्यालयमा बैठक राखेर सुरुको वर्ष नोक्सान हुन सक्ने भन्दै प्रतिक्विन्टल ३६ रुपैयाँ कमले किसानलाई भुक्तानी दिन सहमत्ति गराएको थियो ।’

Advertisement

महालक्ष्मीले तौलमा पनि १० देखि २० प्रतिशतसम्म ठगेको उनले बताए । याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top