किरणले जिते आइ लिगको ‘फ्यान्स प्लेयर अफ दि सिजन’

२९ साउन, काठमाडौं ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतको शीर्ष श्रेणीको लिग आइ लिगको ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् । बिहीबार आईलिगले किरणले ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड प्राप्त गरेको जानकारी दिएको छ ।

किरणले यसअघि आईलिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए । उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरेका थिए ।

किरणले गत सिजन राउन्ड ग्लास पन्जाब फुटबल क्लबबाट आईलिग खेलेका थिए । उनले १४ खेलमा ७ क्लिन सिट राखेका थिए । उनले ५६ सट प्रहारलाई बचाउ गरेका थिए । उनले ८२ प्रतिशत प्रहार बचाएका थिए । आईलिगको उपाधि गोकुलम केरेला एफसीले जित्दा किरण सम्मिलित राउन्ड ग्लास पन्जाब चौथो भएको थियो ।

Advertisement

फ्यान्स प्लेयर अफ दि सिजन अवार्ड जितेपछि किरणले फुटबल करिअरमा अर्को एक अवार्ड थपिएको र नेपाली हुनुमा गर्वको महसुस भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समर्थकको साथ र मायाविना म मेरो फुटबल करिअरमा यो चीजहरु हासिल गर्न सक्दिन । त्यसैले सधै माया गरिरहनु ।’

किरण अहिले भारतसँगको दुई मैत्रीपुर्ण खेल, साफ च्याम्पियनसिप र एसियन कप छनोट खेलको लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top