थारु समुदायमा आज गुरही पर्व मनाइँदै

२८ साउन ७८, शुक्रबार

२९ साउन, धनगढी।

पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायले आज गुरही पर्व मनाउँदैछन् । गुरही यो समुदायको पहिलो पर्व हो । खास गरेर, बालबालिका र युवतीले गाउँ–गाउँमा गुरही पर्व मनाउने गर्दछन् ।

धनगढीमा पनि आज साँझ सामूहिक रुपमा गुरही पर्व मनाइने सखी सञ्जाल कैलालीका अध्यक्ष आशा चौधरीले बताए । सञ्जालको आयोजनामा विगत केही वर्षदेखि धनगढीको क्याम्पस चौकमा यो पर्व मनाउने गरिएको छ । कोरोना महामारीको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दूरी कायम गरेर पर्व मनाइने उनले बताए ।

Advertisement

गाउँघरमा कुनै दैवी विपत्ति नआओस् र रोगव्याधिको समस्या हटोस् भन्ने मान्यताका साथ गुरही पर्व मनाइन्छ । यसलाई बाल पर्वको रुपमा पनि लिइएको छ । यसमा महिला, युवती र बालिकाले चौरमा कपडाको ‘गुरही’ बनाएर फाल्ने र त्यसलाई केटाले पिट्ने गर्दछन् यसरी गुरही फाल्ने र पिट्ने कार्यले विपद् टाढिने गरेको जनविश्वास छ ।

गुरहीको अवसरमा मकै, केराउ, चनाको भुजा खाने र बाँड्ने चलन छ । यसैगरी, घरमा मिठो मिष्ठान बनाएर आफ्नो विवाहित छोरीलाई माइतमा बोलाइ खुवाउने चलन पनि रहेकाे छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top