२९ साउन, काठमाडौं ।
थोक र खुद्रा लघुवित्तसमेत गाभ्न गाभिन सक्ने र त्यसलाई प्रोत्साहन गरिने राष्ट्र बैंकले जनाएकाे छ ।
चालू आर्थिक वर्ष २०७८/ ७९ को लागि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्ताे बताएका हुन् । उनले केन्द्रीय बैंक विद्युतीय मुद्राको सम्भाव्यता अध्ययन गरिने पनि बताएका छन् ।
यसैगरी विद्युतीय भुक्तानीको सिमा पुनरावलोकन गरिने भन्दै राष्ट्रिय भुक्तानी स्विच स्थापना गरिने बताएका छन् । उनले ग्राहकलाई कालोसूचीमा राख्ने व्यवस्थामा पुनरावलोकन गरिने बताउँदै आधार दर गणना विधिमा पुनरावलोकन गरिने तथा स्प्रेड दर यथावत जानकारी दिएका छन् ।

