कोभिड प्रभावित उद्योग-व्यवसायले पाउने पुनर्कर्जालाई निरन्तरता

२९ साउन ७८, शुक्रबार
Share this
787shares

२९ साउन, काठमाडौं ।

Advertisement

नेपाल राष्ट्र बैंकले कोरोना महामारीबाट प्रभावित उद्योग-व्यवसायलाई पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाले चालु आर्थिक वर्ष २०७८/७९ मा समेत निरन्तरता दिनेभएकाे छ । राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै महामारीबाट प्रभावित उद्योग-व्यवसायलाई शीघ्र पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको जनाएकाे छ ।

मौदि्रक नीतिमा गत आवमा दिइएको रकमको अधिकतम सीमा ननाघ्ने गरी यो वर्ष समेत त्यसलाई निरन्तरता दिने निर्णय भएको हो । पुनर्कर्जा लघु, घरेलु, साना तथा मझौला उद्यम-व्यवसायले प्राथमिकताका आधारमा पाउने भएका छन् ।

Advertisement

त्यस्तै कोभिड १९ महामारीका कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, व्यायामशाला, सिनेमा तथा मनोरन्जन उद्योगलगायत व्यवसाय पुनरुत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने राष्ट्र बैंकले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top