मेलम्चीमा विपद्ः जलवायु परिवर्तन मुख्य कारण भएकाे निष्कर्ष

३२ साउन, काठमाडाैँ ।

विज्ञहरुले सिन्धुपाल्चोकस्थित मेलम्ची र त्यस वरपर क्षेत्रमा बाढी आउनुमा जलवायु परिवर्तन मुख्य कारण रहेको औंल्याएका छन । मेलम्ची र त्यस वरपरको भौगर्भिक अवस्थाबारे अध्ययन गर्न गएका विज्ञहरुको टोलीले जलवायू परिवर्तनका कारण त्यस क्षेत्रमा विपद आईपरेको प्रारम्भिक निष्कर्ष निकालेका हुन् ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूगर्भविद् डा. राजनकुमार दाहालले तापक्रममा ह्वात्तै वृद्धि भएका कारण त्यस क्षेत्रमा बाढीको विपत्ति आईपरेको अनुसन्धानको क्रममा आफूले पाएको जानकारी दिए । उनले माईनस १२ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा जलवायु परिवर्तनका कारण ५ डिग्री सेल्सियस तापक्रम हुन जाँदा सो भूगोलमा पहिरो र बाढीको चपेटामा परेको स्पष्ट पारे। भूगर्भविद् दाहालले भने, ‘जलवायु परिवर्तनका कारण हिउँ हुने ठाउँमा पानी परेको देखिएको छ । यसले प्राकृतिक विपत्ति आउनुको मुख्य कारण हो । यसको विस्तृत अध्ययन गरेर समस्या समाधानका लागि केन्द्रित हुनुपर्ने अवस्था छ ।’

Advertisement

भूगर्भविद् दाहालले मेलम्ची र हेलम्बु क्षेत्रमा देखिएको समाधान तत्काल समाधान हुने अवस्थामा नरहेको भन्दै सचेत समेत गराए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले हालसम्मका ज्ञान, विज्ञान र स्थानीय अनुभवको आधारमा त्यस क्षेत्रको भूगोलको अध्ययन सुरु गरिएको बताए । उनले ती क्षेत्रहरुको जोखिम न्यूनीकरणका लागि आगामी हिउँदसम्म विस्तृत कार्ययोजना ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आगामी हिउँद भित्र हेलम्बु र मेलम्चीको बाढीग्रस्त क्षेत्रमा सवारी साधन चल्ने गरी आवश्यक व्यवस्था मिलाउने दावी गर्दै निरास नहुन स्थानीयलाई आग्रह गरे । उनले मेलम्ची र हेलम्बु क्षेत्रको विपद् व्यवस्थापनका लागि आवश्यक कार्यक्रम तत्काल तयार गर्न सरकारको पनि गम्भिर ध्यानाकर्षण गराए ।

सरकारले मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीसहितको विपद् आउनुको कारणबारे अनुसन्धान गर्न विज्ञहरुको टोली गठन गरेको थियो । टोलीले स्थलगत अवलोकन गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा तत्काल बाढी, पहिरोको समस्या समाधान हुने अवस्था नरहेको उल्लेख गरिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top