आज साउनको अन्तिम सोमबार, काेराेना कहरबीच पनि शिवालयलमा भक्तजनकाे भीड

३२ साउन, काठमाडौं ।

Advertisement

आज साउन महिनाको अन्तिम सोमबार । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालु भक्तहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गरेका छन् ।

कोरोना संक्रमणका कारण मन्दिरका ढोकाहरु बन्द भएपछि कतिपय श्रद्धालुले मन्दिरको बाहिरबाटै पुजा गरेका थिए । साउन महिनालाई हिन्दुहरु भगवान् शिवको प्रिय महिनाको रूपमा मान्छन्। त्यसमा पनि सोमबारलाई विशेष मानिन्छ ।

Advertisement

भक्तहरू यो दिन व्रत, पूजापाठ, दान आदि गरी शिवाराधना गर्ने गर्छन् । काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, जनकपुरको कपिलेश्वर लगायत देशभरका शिवालयहरुमा यो दिन दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ ।

तर यसपाली कोरोना संक्रमण फैलिन नदिन मठमन्दिर लगायत मानिसहरूको भीडभाड हुने सबै स्थानहरू बन्द राख्ने सरकारको निर्णय अनुसार सबैजसो मन्दिरहरू बन्द नै रहे । यसैले गर्दा मन्दिरहरुमा भीडभाड पनि कम रह्यो । तरपनि कैयन् भक्तहरु बाहिरैबाट भएपनि भगवानको दर्शन गर्न मन्दिरसम्म पुगेका थिए ।

Advertisement

साउन महिनामा मात्र लाखौं श्रद्धालुले दर्शन गर्ने पशुपतिनाथको मन्दिरमा यसपाली भने अत्यन्तै कम मात्र उपस्थित भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भक्तहरूको घुइँचो लाग्ने प्रसिद्ध मन्दिरहरु बन्द रहेकाले अधिकांश श्रद्धालुहरूले घरमै वा स्थानीय शिवमन्दिरहरुमा पुजा आराधना गरेर आफ्नो भक्ति अर्पण गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top