संसद् अधिवेशन अन्त्य

संसद् अधिवेशन अन्त्य

३२ साउन, काठमाडौँ ।

प्रतिनिधिसभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुने भएकाे छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अन्त्य गरेकी हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपतिले संसद् अन्त्य गरेको पत्र पढेर सुनाएका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारकाे निर्णय बदर गरेसँगै गत साउने ३ गतेबाट अधिवेशन सुरू भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.