चीनले भन्याे- तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहन्छाैँ

३२ साउन ७८, मंगलबार

३२ साउन, एजेन्सी ।

अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि चीनले  आफू तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहेको बताएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगले सोमवार संवाददातासँग भनिन्, ‘अफगान नागरिक आफ्नो भविष्यको फैसला आफैँ गरून्, चीन उनीहरूको यो हकको सम्मान गर्छ । चीन अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगी सम्बन्धको विकास गर्न इच्छुक छ ।’

उनले आइतबार अफगानिस्तानमा तालवानले युद्धको अन्त्य भएको र समावेशी तथा खुला इस्लामिक सरकार गठनका साथै जनताको सुरक्षाको जिम्मा लिने तालिवानी नेताहरूको भनाइमा आफूले ध्यान दिएको पनि बताइन्। उनले भनिन्, ‘यी भनाइहरूको कार्यान्वयन हुने र स्थितिको शान्तिपूर्ण रूपान्तरण तथा सबै प्रकारका अपराध तथा आतंकवादको अन्त्य हुनेमा चीन आशावादी छ।’

उनले अफगानिस्तानमा रहेको चिनियाँ दूतावास र कर्मचारीहरूले सामान्य रूपमा आफ्नो काम जारी राखेको बताउँदै अफगानिस्तानबाट अधिकांश चिनियाँ नागरिकहरू दूतावासको पहलमा अघि नै चीन फर्किए र बाँकी चिनियाँहरू दूतावासको सम्पर्कमा रहेको जानकारी दिइन्।

यसअघि चीनले आफगानिस्तानमा आफ्नो दूतावास खुलै राख्ने सङ्केत दिएको थियो । चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्रै रहन स्थितिको बारेमा सजग रहन आग्रह गरेको छ ।

 तालिबानका प्रतिनिधि गएको जुलाईमा चीन गएका थिए र उनीहरूले चिनियाँ विदेश मन्त्री वांग यीसँग भेट गरेका थिए । त्यस समय यस भेटलाई राजनीतिक शक्तिको रूपमा तालिबानको अन्तर्राष्ट्रिय मान्यताको रूपमा हेरिएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top