पशुपति क्षेत्रमा राष्ट्रिय सरोकार समितिकाे स्थलगत अवलोकन

३२ साउन ७८, मंगलबार

३२ साउन, काठमाडौँ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समिति अन्तर्गत गठित उपसमितिले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।

उपसमिति संयोजक सांसद अनिता देवकोटाको नेतृत्वमा गएको सांसदहरुको समूहले पशुपति क्षेत्रको अवलोकन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएको हो । उपसमितिले पशुपति क्षेत्रमा भइरहेको भौतिक संरचना निर्माण, पार्किङ व्यवस्थापन, तिलगङ्गाको बस्ती स्थानान्तरण, पूजा एवं सांस्कृतिक परम्परा, घाट क्षेत्र व्यवस्थापनलगायतका विषयमा जानकारी लिएको थियो ।

Advertisement

अवलोकनमा सांसद कोमल वली, उदया शर्मा पोडेल, खिमलाल भट्टराई, इन्दिरादेवी गौतम सहभागी भएका थिए । अवलोकनपछि आयोजित अन्तक्र्रिया कार्यक्रममा सांसदहरुले पशुपति क्षेत्रलाई विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बीको गन्तव्यस्थल बनाउने संरचना निर्माणका लागि आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।

सो अवसरमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले हाल भइरहेको विकास निर्माणलगायत विषयमा जानकारी गराएका थिए। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका १०५ सम्पदामध्ये ५८ को पुनःनिर्माण सम्पन्न भएको उनले सुनाए ।

कूल २१ सम्पदाको हाल पुनःनिर्माण भइरहेको छ । त्यस्तै २३ सम्पदा अझै पुनःनिर्माण शुरु हुन बाँकी रहेको कोषले जनाएको छ । पशुपति क्षेत्रको वृहत्तर विकासका लागि गुरुयोजना बनिरहेको छ । वनकाली क्षेत्रम पार्किङ निर्माणका लागि काम भइरहेको छ । पशुपति क्षेत्रको वाग्मतीमा सधैँ स्वच्छ पानी बगाउन गुह्येश्वरी क्षेत्रमा पोखरी निर्माण गर्न लागिएको जानकारी कोषले संसदीय समितिलाई गराएको छ ।

तिलगङ्गा क्षेत्रको बस्ती स्थानान्तरणका लागि मुआब्जा दिइसके पनि गोठाटारमा दिने भनिएको जग्गा व्यवस्थापन नहुँदा ढिलाइ भएको छ । गोठाटारको जग्गामा बालुवा रहेकाले त्यसको व्यवस्थापन नगरी बस्ती स्थानान्तरण गर्न नसकिने कोषले जनाएको छ । बालुवा व्यवस्थापनका लागि बोलपत्र आह्वान गर्दा मुद्दा पर्ने गरेकाले काममा ढिलाइ भइरहेको छ ।

पशुपति क्षेत्रमा फूलमाला व्यवस्थित गर्ने काम पनि चुनौतीपूर्ण बन्दै आएको छ । यसमा पनि काम गरिरहेको कोषको भनाइ छ । पशुपति क्षेत्रको स्थलगत अवलोकनपछि प्रतिवेदन तयार पारी समितिसमक्ष पेश गरिने सांसद भट्टराईले सुनाए । प्रतिवेदनमाथि समितिमा छलफल गरी पशुपति क्षेत्रको वृहत्तर विकासका लागि सरकारलाई निर्देशन दिने तयारी समेत गरिएको छ ।रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top