×

NEPAL TIMES UPDATES

Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026

चहलपहल बढ्यो तर व्यापार छैन

१ भाद्र २०७८

काठमाडौं: निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन नसको व्यापारीहरू बताउँछन् ।

खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा खासै कमिी नआए पनि लत्ताकपडा, फेन्सी पसल, विद्युतीय सामग्री, हस्तकलालगायत वस्तुको व्यापार अहिले पनि करीब १० प्रतिशत मात्र रहेको बताइएको छ । काठमाडौंको असनमा फेन्सी कपडाको व्यापार गर्दै आएका नगेन्द्र श्रेष्ठले बजारमा मान्छेहरूको चहलपहल बढेअनुसार व्यापार नभएको बताए ।

Advertisement

‘महामारीको असरले गर्दा उपभोक्ताको क्रयशक्ति घटेका कारण बजार खुले पनि व्यापार हुन नसकेको हो,’ उनले भने । यो समय फेन्सी कपडाको व्यापार राम्रो हुने समय भए पनि महामारीको असरले बजारलाई अस्तव्यस्त बनाएको उनको भनाइ छ । अहिलेको समयमा अझ बढी प्रभावित भएको र उपभोक्ता नै शून्यजस्तै भएको बजार हस्तकला सामग्रीको हो । विदेशी पर्यटक र निर्यातका भरमा व्यापार हुने हस्तकला सामग्रीको बजार पूरै अस्तव्यस्त भएको छ । एकातिर विदेशी पर्यटकको आगमन नहुँदा नेपालमा यसको व्यापार शून्य नै छ भने अर्कातिर निर्यात व्यापार पनि प्रभावित हुँदा स्थिति झनै नाजुक बन्न पुगेको वसन्तपुरमा हस्तकला सामग्रीको व्यापार गर्ने गोपाल तण्डुकारले बताए ।

नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार कुल व्यापारमध्ये करीब ५ प्रतिशत व्यापार मात्रै नेपालमा हुने र करीब ९५ प्रतिशत व्यापार निर्यातमा निर्भर गर्छ । महासंघका अनुसार नेपालबाट वार्षिक रू। ११ अर्बदेखि १५ अर्बबराबरको हस्तकलाका सामग्रीहरू निर्यात हुने गर्छ भने करीब ११ लाख मानिसहरूले यस क्षेत्रमा रोजगारी पाएका छन् । नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले महामारीले यस क्षेत्रलाई पुर्‍याएको असरका कारण हस्तकला उद्योगले आफ्नो लय समात्न अझै २र३ वर्ष लाग्न सक्ने बताए ।

Advertisement

त्यसैगरी विद्युतीय सामग्रीको व्यापारले समेत गति लिन नसकेको व्यापारीहरूले बताएका छन् ।,याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top