×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

नेपालमै कोरोनाको खोप उत्पादन सम्भव छ ?

१ भाद्र २०७८

१ भदाै, काठमाडाैँ ।

सरकारले पशुपक्षीमा लगाउने खोप आजभन्दा ६० वर्ष अघिदेखि नै उत्पादन शुरु गरेको हो । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले सन् १९६१ बाट नै नेपालमा पशुपक्षीलाई लगाइने खोप उत्पादन शुरु गरेको हो । सरकारले पशुपक्षीविरुद्ध खोप उत्पादन गरेको झण्डै ६० वर्षपछि मानिसमा प्रयोग हुने खोप पनि उत्पादन गर्ने प्रक्रिया अगाडि बढाउन थालेको छ ।

Advertisement
Advertisement

सरकारले साउन २४ गते ल्याएको साझा न्यूनतम कार्यक्रममा खोप प्रयोगशाला स्थापना गर्ने उल्लेख गरेर नेपालमा नै खोप उत्पादनको प्रक्रिया अगाडि बढाएको हो । कोरोना भाइरस महामारी भइरहेको बेला सरकारले नेपालमै कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्न खोप (भ्याक्सिन) प्रयोगशाला स्थापना गर्न पहल गरेको हो ।

सरकारले राजपत्रमा सूचना प्रकाशन गरी इच्छुक उद्योगलाई कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्न आह्वान गरेर प्रक्रिया समेत अगाडि बढाइसकेको छ ।

जनस्वास्थ्यविद्ले पनि सरकारले भनेझै नेपालमा नै खोप उत्पादन गर्नका लागि प्रयोगशाला स्थापना गरेर सम्भव रहेको बताएका छन् । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा पनि खोप उत्पादन सम्भव भएकोले सम्भाव्य अध्ययन थालिएको बताए । “विश्वमा उत्पादन भइरहेको खोप नेपालमा पनि सम्भव हुन्छ” उनले भने, “सबैको सहयोगले खोप उत्पादन गरी नेपालीलाई लगाउने हो ।”

यसअघिको सरकारले पनि नेपालमा खोप उत्पादन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलका सदस्यसमेत रहेका विभागका महानिर्देशक भट्टराईले खोप सरकार आफै वा इच्छुक निजी उद्योगलाई दिन सकिने बताए । उनले खोपका लागि आवश्यक प्रयोगशालाको अध्ययन गरिएको जानकारी दिए । “खोपका लागि अहिले भइरहेका प्रयोगशालालाई स्तरोउन्नति गर्ने वा नयाँ प्रयोगशाला ल्याएर उत्पादन गर्ने भन्नेमा पनि हामीले अध्ययन गरिरहेका छौ” उनले भने, “विभागका प्रयोगशाला स्तरोउन्नति गर्ने भन्ने कुरा छ । हेरौं कुन प्रयोगशालाबाट उत्पादन गर्छौं ।”

उनले खोप उत्पादनका लागि प्लान्ट निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्ने समेत बताए । उनले खोप उत्पादन गरेपछि नेपालमा मात्र ती सबै खोप खपत नहुने भएकोले अन्तर्राष्ट्रिय बजारको पनि अध्ययन गर्नुपर्ने बताए ।

राजपत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खोप उत्पादन गर्ने उद्योगलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउनेदेखि उद्योगका लागि आवश्यक पर्ने मेसिन उपकरणको पैठारीका लागि भन्सार महसुल छुट, मूल्य अभिवृद्धि कर र अन्तशुल्क पूरै छुट दिने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ विरुद्धको खोपका लागि क्लिनिकल ट्रायलसम्बन्धी व्यवस्था गरी खोपको तृतीय चरणको क्लिनिकल ट्रायल पूरा गर्ने अनुमति दिने र खोप स्तरीकरण र गुणस्तर प्रमाणीकरणको कार्यमा औषधि व्यवस्था विभाग र परिषद्ले सहजीकरण गर्ने राजपत्रमा उल्लेख छ ।

यसरी उत्पादन गरेको खोपको तृतीय चरणको क्लिनिकल ट्रायल भएको, खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्ड भन्दा बढी हुनुपर्ने, डब्लुएचओद्वारा प्रयोगको लागि सूचीकृत र औषधि व्यवस्था विभागबाट स्वीकृत भएको हुनुपर्नेछ । यसरी उत्पादन भएको खोप ६० प्रतिशत सरकारले खरिद गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका निर्देशक डा उमेश दाहालले कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने खालको प्रयोगशाला आफूमा नभएको बताए । “कोभिड–१९ को खोप उत्पादनका लागि विएसएल–३ नामक प्रयोगशाला चाहिन्छ” उनले भने, “तर आफूसँग विएसएल–२ मात्र प्रयोगशाला छ । त्यसैले हाम्रो प्रयोगशालाबाट कोभिड–१९ को खोप उत्पादन गर्न सकिँदैन ।”

उनले सरकारको नीति तथा कार्यक्रमअनुसार खोप उत्पादन गर्ने सोच बनाएको अनुसार अन्य कुनै प्रयोगशाला स्तरोउन्नति गरी खोप उत्पादन गर्ने बताए । उनका अनुसार प्रयोगशालाले कुकुर, भेडाबाख्रालगायत पशुपक्षीका लागि विभिन्न १३ प्रकारका खोप उत्पादन गरिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालमा मानिसमा लगाउने खोप उत्पादन गर्ने प्रयोगशाला आवश्यक भएर सरकारले न्यूनतम साझा कार्यक्रममा खोप प्रयोगशाला स्थापना गर्ने कुरा समेटिएको बताए । उनले विदेशबाट कच्चापदार्थ ल्याएर नेपालमा नै कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्न सकिने बताए ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को खोप उत्पादन गर्न सकिने बताए । उनले खोप प्रयोगशाला स्थापना गरेर खोप उत्पादन सम्भव भएको बताए । “रेबिज् खोप पनि हामीले किनेर ल्याइरहेका छौँ । खोप उत्पादन गर्ने प्रयोगशाला स्थापना गर्ने हो भने अरु खोप पनि उत्पादन गर्न सजिलो हुन्छ,” उनले भने, “खोप आयात गर्नुभन्दा विस्तारै आफ्नै मुलुकमा खोप उत्पादन ग¥यो भने हामी आत्मनिर्भर पनि हुन्छौँ ।”

औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डे पनि नेपालमा खोप उत्पादन गर्न सकिने बताउँछन् । उनले कच्चापदार्थ र प्राविधिकहरु बाहिरबाट ल्याउन सक्ने हो भने खोप उत्पादन गर्न सकिने बताए। अहिले कोरोना भाइरस विरुद्धको खोप भारतबाट कोभिसिल्ड, चीनबाट भेरोसेल, अमेरिकाबाट ‘जोन्सन एण्ड जोन्सन,’ जापान र भुटानबाट एस्ट्राजेनेकालगायतका खोप ल्याइएका छन् ।

Advertisement

शरद शर्मा/रासस

भर्खरको समाचार

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

सम्बन्धित खबरहरु

Scroll to Top