पोखरामा अल्ट्रालाइटले उडान सुरु गर्दै

२ भदौ ७८, बिहीबार

२ भदाै, पाेखरा ।

कोभिड–१९ को दोस्रो भेरियन्टका कारण वैशाखदेखि बन्द रहेको अल्ट्रालाइट (पुतली जहाज) लाई विशेष स्वास्थ्य मापदण्ड अपनाएर भदौ ३ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन अल्ट्रालाइट उडानलाई पुनः व्यवस्थित तरिकाबाट सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार पहिलो चरणको कोरोनाका कारण रोकिएको उडान आठ महिनापछि गत वर्ष कात्तिकको २६ गतेदेखि सुरु गरेकामा पुनः दोस्रो चरणको कोरोनाका कारण यस वर्ष वैशाखबाट उडान रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालन गरेर उडान गरिने उनको भनाइ छ ।

Advertisement

उनले पर्यटकीय गतिविधि सुस्ताएको समयमा आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सहुलियत दिएर उडान गरिने बताए । “हामीले ६ हजार पाँच सयमा अल्ट्रा लाइट उडानको आनन्द दिलाउने छौं” श्रेष्ठले भने। माछापुच्छ्रे, अन्नपूर्णसहितका हिम शृङ्खलाको दृश्यावलोकन गर्न सकिने साथै तालतलैया एवं धार्मिक रुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसिक खेलको सहरका रुपमा समेत आफ्नो परिचय थप्दै गएको छ ।

पोखरामा सन् १९९६ मा एभिया क्लबले अल्ट्रालाइट भित्र्याएको हो । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । हाल एभिया क्लब, फिस्टेल र पोखरा, हेलिएयर नेपाल गरी चार कम्पनीले अल्ट्रालाइट सञ्चालनको अनुमति लिएका छन् । अहिले भने पोखरा अल्ट्रालाइट प्रालिले मात्र उडान सुरु गरेको हो । अल्ट्रालाइट पोखरामा नागरिक उड्डयन प्राधिकरण मातहतबाट सञ्चालित रहेको छ ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top