सत्ताच्युत अफगानिस्तानका राष्ट्रपति युएईमा, पैसा लिएर देश छोडेको समाचारकाे खण्डन

३ भदौ, एजेन्सी ।

Advertisement

तालिबानले अफगानिस्तान कब्जा गरेपछि देश छाडेका राष्ट्रपति असरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् । युएईका परराष्ट्र मन्त्रीले घानी र उनको परिवारका सदस्यलाई मानवीय दृष्टिले आफ्नो देशमा स्वागत गरिएको बताएका छन् ।

तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै गत आइतबार घानीले देश छाडेका थिए । शुरुमा उनी भागेर ताजिकिस्तान , उज्बेकिस्तानको राजधानी ताशकन्द गएको बताइएकाे थियाे । युएई पुगेपछि एउटा भिडियो सन्देश जारी गर्दै घानीले आफु देश छोडेर भागेको नभई संभावित रक्तपात र विध्वंश रोक्न उचित कदम लिएको तर्क गरेका छन् ।

Advertisement

७२ वर्षीय घानीले आफू छिट्टै अफगानिस्तान फर्किनेबारे छलफल भइरहेको पनि बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

उनले आफूले ठूलो रकम लिएर देश छोडेको भनेर आएको खबरमा कुनै सत्यता नभएको स्पष्टीकरण पनि दिएका छन् ।घानीले देश छोड्ने बेला करिब १६.९ करोड डलर रकम पनि सँगै लिएर गएको दाबी गरिएकाे थियाे । यद्यपि यो समाचार पुष्टि भएको छैन ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top