३ भदाै, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने बालुवाटारले जनाएकाे छ। यस अघि मंगलबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।
बुधबार राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बुधबारै माधवकुमार नेपालको अध्यक्षतामा नयाँ दल नेकपा एमाले समाजवादी बनेको छ भने जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखेर निवेदन दिएको छ।