हामी अलिकति मेहनत गर्ने हो भने माधवको १० प्रतिशत पनि पुग्दैन, तीनको पार्टी दर्ता हुँदैन : ओली

३ भदौ ७८, बिहीबार
Share this
731shares

३ भदाै, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर पार्न सरकारले जति चाहियो त्यति संख्या हुने गरी अध्यादेश ल्याए पनि त्यसको कुनै अर्थ नहुने बताएका छन् । बिहीबार भक्तपुरमा कार्यकर्ता भेलालाई विशेष सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन् ।

उनले ४० प्रतिशतबाट घटाएर २० प्रतिशतको अध्यादेश ल्याउँदा पनि माधव नेपालले त्यति संख्या पुर्‍याउन नसकेको बताए । ओलीले भने, ‘४० प्रतिशतबाट घटाएर २० प्रतिशत ल्याए । त्यो पनि संसदीय दल र केन्द्रीय समितिमध्ये जहाँ भए पनि हुने रे । हामीले अलिकति मेहनत गर्ने हो भने त्यो २० प्रतिशत पनि १० प्रतिशतमा झर्छ, तीनको पार्टी दर्ता हुन पनि पाउँदैन ।’

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top