महेन्द्र–मोरङका क्याम्पस प्रमुखसहित ४ जना कार्यकक्षमै थुनिए

विराटनगर,असार २४

Advertisement

महेन्द्र–मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई विद्यार्थीले कार्यकक्षमै थुनिदिएका छन । क्याम्पस प्रमुख तिम्सिनासंगै विद्यार्थीहरुले अन्य चार जनालाई समेत संगै थुनिदिएका छन । क्याम्पसका प्रशासन प्रमुख गुदडप्रसाद यादव र सहायक क्याम्पस प्रमुखत्रय मोहनकुमार श्रेष्ठ,सुशील अधिकारी र ताराप्रसाद यादवलाई पनि विद्यार्थीहरुले संगै थुनिदिएका छन ।

Advertisement

अनेरास्ववियु,अखिल क्रान्तिकारी र नयां शक्ति विद्यार्थी युनियनको क्याम्पस ईकाईले आज दिउसो १२ बजेबाट पांचै जनालाई एकै ठांउमा थुनिदिएका हुन । विभिन्न माग राखी गएको २१ गते तीन विद्यार्थी संगठनले क्याम्पस प्रमुख र प्रशासन शाखामा लगाएको ताला क्याम्पस प्रशासनले एकतर्फीरुपमा फुटाएका कारण क्याम्पस प्रमुखसहित अन्यलाई थुनिएको विद्यार्थी संगठनहरुले जनाएका छन ।

Advertisement

एमपीएको अध्यापन वापत क्याम्पसले नियम विपरीत अतिरीक्त शुल्क लिएकोमा सो शुल्क विद्यार्थीलाई फिर्ता गर्नुपर्ने,बिपीएको अध्यापनमा टियुले निर्धारण गरेको २८ हजार बाहेक क्याम्पसले परीक्षा शूल्क वापत नियम विपरीत २५ सय लिने गरेको,विद्यार्थी नभएका बिषयको कक्षा संचालन नहुने तर सो बिषयको प्राध्यापकलाई हाजीरी गरेकै भरमा पारिश्रमिक दिने गरिएको विद्यार्थीहरुले बताएका छन ।

उनीहरुले चालु आर्थिक बर्षमा क्याम्पसको आय र खर्र्चको विवरण समेत माग गरेका छन । यता तालाबन्दीको बिषयमा टेलिफोनमा प्रतिक्रिया दिँदै क्याम्पस प्रमुख तिम्सिनाले विद्यार्थीले लगाएको ताला फुटाएको बिषयमा आफुलाई जानकारी नभएको दाबी गरे । विद्यार्थीले उठाएको मागहरु सामान्य रहेको प्रतिक्रिया दिदै उनले सो बिषयमा छलफलगर्न बांकी रहेको बताएका छन । क्याम्पस प्रमुख सहित पांच जनालाई थुनेका विद्यार्थीहरुले कार्यकक्ष बाहिर धर्ना दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top