डोरमणि पौडेलले छाडे सरकारी निवास

४ भदौ, काठमाडौं ।

Advertisement

बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्किएका छन् ।

मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फकिएका हुन् । उनले ४२ महिना सरकार चलाएका थिए ।

Advertisement

बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुन् । उनले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताए ।

उनले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन् । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भएकी थिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top