अफगानी खेलाडी जाकी अन्वारी जसको उडिरहेको विमानबाट खसेर ज्यान गयो

३ भदौ ७८, शुक्रबार

४ भदौ, काठमाडौं ।

गएको सोमवार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक जना फुटबल खेलाडीको ज्यान गएको पुष्टि भएको छ ।

१९ वर्षका जाकी अन्वारीको ज्यान गएको अफगानिस्तानका अधिकारीहरुले पुष्टि गरेका हुन् । विमानबाट खसेर ज्यान गुमाउनेमध्ये उनी पनि एक भएको उनीहरुले बताएका हुन् । अन्वारी राष्ट्रिय युवा टोलीका खेलाडी थिए । उनको ज्यान कहिले गयो भन्नेबारे थप खुलाइएको छैन ।

विद्रोही समूह तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जाकी अन्वारीले पनि देश छोड्न चाहेका थिए । काबुल विमानस्थलको भीडमा उनी पनि पुगेका थिए । विमानस्थलमा अमेरिकी सेनाको कार्गो विमान उड्न लाग्दा धावनमार्गमा सयौँ मानिस दौडिरहेका थिए ।

कोही बिस्तारै गुडिरहेको जहाजको पखेटामा चढ्न खोज्दै थिए । विमान उडेपछि विमानबाट केही व्यक्ति खसेको भिडियो सार्वजनिक भएको थियो । विमानबाट कति जना खसे भन्ने यकिन जानकारी भने छैन । घटनाको अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top