माधव नेपालले जति अल्मल्याउनुभयो, भ्रममा पार्नुभयो, ती मान्छे उहाँसँग लागेहोला । हिजो त्यहाँ लगेर उहाँले पेश गरेका नामहरु, देखाएका हस्ताक्षरहरु ती सही होइनन् भन्ने वक्तव्य विभिन्न व्यक्तिले दिएको सुनिहाल्नुभयो । ती साथीहरु मसँग सम्पर्कमा नि हुनुहुन्न । उहाँले पेश गरेका मान्छे पनि उहाँसँग रहेन छन् । केही मान्छे जानुभयो, केही नगएका मान्छेको नाम राखियो । तर उहाँहरुबाट त होइन भन्ने वक्तव्य आयो । अरु आउने सिलसिला जारी छ । जो उहाँसँग गएनन् पार्टीमै छन् । त्यो त स्वतः स्पष्ट भयो । कहाँ अन्तरिक्षमा गए त ?जो अर्कोतिर लागेनन्, पार्टी छोडेनन्, ती पार्टीमै छन् । पार्टीका नेता, कार्यकर्ता जो जहाँ थिए त्यहीँ छन् । मेरो के भूमिका हुन्छ, जे भूमिका थियो त्यहीँ छु । कोही कोही भूमिका फेरिन्छ पनि । जस्तो चिफ मिनिस्टरमा रहेका र नरहेका साथीहरुको भूमिका अलिकति फेरियो । डोरमणी जीले राजीनामा गर्नुभयो । अष्टजीले चिफ मिनिस्टरको पदभार सम्हाल्नुभयो । भूमिकामा केही परिवर्तन त्यसरी हुँदो रहेछ । पार्टीको काममा होलान् साथीहरु । हिजो पार्टी एकता हुनुपर्छ भन्ने अभियानमा लागेका थिए । कहिले यो तहसम्म बिगार्ने मनशाय छ भन्ने नठानिएका व्यक्ति बेला, यो त्यो पक्ष भएपनि होला । तर यहाँ पुर्याउँदैछ भन्ने नठानिएका बेला, कसको मनमा को पस्न सक्छ र भन्ने छ नि, कसैको मनमा त कोही पस्न सक्दैन । मनमा पस्न नसक्या बेला । को कता को कता देखियो होला । त्यसलाई हिसाव गरिरहनु हुँदैन । राष्ट्रपतिले त क्याबिनेटको निर्णयको आधारमा गरिदिने हो । त्यसमा धुमधाम आलोचना । प्रधानमन्त्रीले गरेको गलत सिफारिस हो, अहिले पनि राष्ट्रपतिले पास गरिदिनुभयो । बिल्कुल गलत, एमाले बिरुद्धको, एमाले विभाजन गर्ने उद्देश्यका साथ, बदनियतपूर्ण, एमालेलाई कमजोर पार्ने गलत मनशायका साथ, तर पनि मन्त्रीपरिषद्को निर्णयमा प्रधानमन्त्रीले सिफारिस गरेपछि राष्ट्रपतिले गर्नुभयो । किन आलोचना गर्दैनन् कोहीले गलत कुरालाई राष्ट्रपतिले गर्नुभयो भनेर । यस्तो गलत काम गर्दा पनि शेरबहादुर जीले गलत काम गर्नुभयो भनेर भन्नु पर्दैन । अर्कोतरि सभामुखको काम पार्टीले कसैलाई निष्कासित गर्छ भने त्यो नोटिस जारी गरिदिने हो । पहिले टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत उहाँहरुलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल उहाँले सुनाउनु भएको थियो । सरिता गिरीलाई निकालिएको छ भन्ने बित्तिकै तत्काल उहाँले सुनाउनुभएको थियो उहाँको चाहनामा । अहिले तीन दिनदेखि उहाँ के पर्खिएर बस्नुभएको छ । नेकपा एमालेले हटाएका मान्छेहरु नेकपा एमालेले हटाएको छ भन्ने सूचना किन टाँस्नुहुन्न । सभामुखको कर्तव्य त्यही हो । ट्रेडिशन के छ भन्दा २४ घण्टाभित्र सभामुखले सूचना टाँसिसकेको छ पहिला पहिला । यतिबेला सूचना टाँस नगर्ने कागजपत्र झिकाउँछु, हेर्छु । सभामुख न्यायाधीश होइन, सभामुखले छानबिन फैसला गर्ने होइन । कुनै पार्टीले कसैलाई निकाल्छ कि निकाल्दैन, उचित छ कि छैन, न्यायाधीश होइन सभामुख । निष्काशन गरेको सूचना टाँसिदिने हो । सदन छ भने सदनमा सुनाउने, सदन छैन भने सूचना पार्टीमा सूचना टाँस गर्नेसम्मको काम हो । न्यायाधीश पल्टिने हो र ? माओवादी कार्यकर्ता भएर एमालेका विरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो । उहाँ केलाई पर्खिरहनुभएको होला । उहाँले ठान्नुभएको होला, उहाँले नसुनाएसम्म पद कायमै रहन्छ । र कायमै रहेको पदमा एमाले बिरोधी मान्छे संसदमा उपस्थित गराउने भन्ने । अग्नि सापकोटा जीलाई म सोध्न चाहन्छु, संसद चलाउनु छ कि छैन उहाँलाई ?गैरकानूनी ढंगले मनपर्दी ढंगले संसद् चल्न सक्दैन । उहाँलाई सभामुख हुनु छ कि छैन ?एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख अुन सकिँदैन, सभामुखको कुर्सीमा बसेपछि निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुपर्छ । होइन चने छोडिदिए हुन्छ । उहाँले कार्यकर्तामा फर्किने वा सभामुखको हैसियतमा निष्पक्ष ढंगले काम गर्छु भनेर सोच्नुपर्छ । यो अटेरी, जिद्दी तालले गैरकानूनी, असंसदीय तालका क्रियाकलाप उहाँले रिपिडेट्ली देखाउनुभएको छ । माओवादी कार्यकर्ताको रुपमा काम गर्नुभएको छ । त्यो काम गर्न पाइँदैन ।
( न्यूज एजेन्सी नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानीमा आधारित)