अनौठो विश्वास: दुर्घटना टार्न रिठ्ठेभीरमा देवीलाई ऐना, पाँच हजार ऐना चढाइयो

३ भदौ ७८, शुक्रबार

रिठ्ठेभिर(सिन्धुली) : साँघुरो सडक, त्यही सडकको भित्तामा सेती देवीको मन्दिर । मन्दिर वरपर हजारौंको सङ्ख्यामा ऐना । बीपी राजमार्ग हुँदै यात्रा गर्ने जोकोही व्यक्तिले पनि यतिखेर सुनकोशी गाँउपालिका–५ रिठ्ठेभीरमा यही दृश्य देख्न पाउँछन् ।

Advertisement

बीपी राजमार्गमा ठूलाठूला दुर्घटना हुन थालेपछि उक्त दुर्घटनालाई टार्न भन्दै यात्रुहरुले उक्त देवीको नाममा यसरी ऐना चढाउन थालेका स्थानीयको भनाई छ । २०६८ सालमा सोही ठाउँमा चार वटा सवारी दुर्घटना भएका थिए । वैशाख र असोजमा रिठ्ठेभीरमा भएका दुई वटा सवारी दुर्घटना अहिले पनि सम्झँदा जिउ नै सिरिङ्ग हुने स्थानीय बासिन्दा बताउँछन् ।

ऐना संरक्षण गर्न बस्नु भएका स्थानीय डम्बर हायुका अनुसार बीपी राजमार्ग निर्माणका क्रममा बनाइएको ट्रयाक सडकमा २०६८ साल वैशाख २० गते यात्रुबस रिट्ठेभीरबाट सुनकोसी नदीमा खस्दा १३ जनाको घटनास्थलमै ज्यान गएको थियो । यस्तै सोही वर्षको असोज २६ गते दशै मनाएर काठमाडौ फर्कदै गरेका यात्रु बोकेको बस सोही ठाउँबाट सुनकोशी नदीमा खस्दा ४१ जनाले घटनास्थल मै ज्यान गुमाए । त्यसपछि त्यस स्थानमा रहेको सेती देवी रिसाएर दुर्घट्ना बढेको भन्दै उक्त देवीलाई खुशी बनाउन ऐना चढाउन सुरु गरिएको हो ।

Advertisement

‘सेती देवीलाई खुशी पार्दा यात्रा सफल हुने र दुर्घट्ना टर्ने विश्वास छ । त्यहि विश्वासमा सेती देवीलाई सिङ्गारका सामान ऐना चढाइएको हो,’ उहाँले भन्नुभयो, ‘हाल पाँच हजारभन्दा बढी ऐना बीपी राजमार्गको भित्ताभरि छ ।’ राजमार्ग बन्नु पहिले सेती देवीको मन्दिर राजमार्गभन्दा तल सुनकोसी नदीको किनारमा मानिस हिँड्ने गाेरेटो बाटोको भित्तामा थियो । पछि राजमार्ग मन्दिरभन्दा माथिबाट बनेपछि सवारी साधनमा हिंड्ने यात्रुले आफूलाई कुल्चेको भन्दै देवी रिसाएपछि दुर्घटना बढेको जनविश्वास रहेको उहाँले सुनाउनुभयो ।

राजमार्ग निर्माणकै क्रममा ठूला ठूला सवारी दुर्घट्ना भएपछि सडक निर्माण कम्पनी हाज्माले नै उक्त मन्दिर बीपी राजमार्गको भित्तामा बनाइदिएपछि ऐना चढाउन सुरु गरिएको स्थानीयको भनाइ छ । सेती देवीका नाममा उक्त मन्दिरमा बा २ ख ८८२५ नम्बरको गाडीले सबैभन्दा पहिला ऐना चढाएको र त्यहींबाट ऐना चढाउन सुरु भएको उक्त वडाका अध्यक्ष सन्तोष दाहाल बताउनुहुन्छ ।

Advertisement

उहाँका अनुसार ऐना चढाउनुमा अर्को कहानी छ । यी ठूला दुर्घटना भएको केही वर्षपछि ४१ जनाको शव जम्मा पारिएको मूलकोट चौरमा सप्ताह (पुराण) लगाइएको थियो । अघिल्लो र पछिल्लो घटनामा मृत्यु हुनेका परिवारजन, मूलकोट र आसपासका बासिन्दाको उपस्थितिमा चलिरहेको सप्ताहमा एउटा अनौठो घटना भएको थियो । सप्ताह सुनेर सिन्धुलीतर्फ बसको यात्रामा जाँदै गरेकी एक महिलाले रिठ्ठेभीरमा बस रोक्न लगाइन् र झरिन् । बसबाट झरेपछि ‘म सेतीदेवी हुँ’ भन्दै काम्दै सबैसामु आफू सेतीदेवी भएको र आफ्नो वासस्थानमा क्षति पु¥याएपछि मान्छेको भोग लिन थालेको बताइन् ।

हाल ऐना चढाइएको ठाउँमा पुगेर आफ्नो वासस्थान त्यही भएको जनाएपछि बीपी राजमार्गको भित्ता खोपेर देवीको मन्दिर स्थापना गरी ऐना चढाउने गरिएको र हाल भित्ताभरि ऐना रहेको अध्यक्ष दाहाल बताउनुहुन्छ । उहाँले रिठेभिीर भन्ने वित्तिकै दुर्घट्नाग्रस्त क्षेत्रको रुपमा परिचित रहेको उहाँले जनाउनुभयो ।

ऐना चढाउन थालेपछि त्यस स्थानमा दुर्घट्ना हुन छाडेको स्थानीय बताउँछन् । , याे समाचार गाेरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top