NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

ओलीको प्रश्न: समृद्ध नेपाल सुखी नेपाली उनीहरु किन भन्न सक्दैनन् ? (अन्तरवार्ता)

शुक्रबार भदौ ४ , २०७८
Reading Time: 1 min read
A A
ओलीको प्रश्न: समृद्ध नेपाल सुखी नेपाली उनीहरु किन भन्न सक्दैनन् ? (अन्तरवार्ता)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

सरकारले मंगलवार राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि बुधवार निर्वाचन आयोगमा निवेदन दियो । योसँगै नेकपा एमाले विभाजित भएको छ । नेकपा एमालेबाट छुट्टिएर नेपाल पक्षले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियो । सो नाम निर्वाचन आयोगले अस्वीकार गरेपछि शुक्रबार फेरि नेकपा एकीकृत समाजवादी नाम राख्न निवेदन दिएको छ । त्यसपछि नेकपा एमालेले सरकारले ल्याएको विधेयकको बिरोध गरिरहेको छ । यसै सम्बन्धि र नेकपा एमालेको अबको भावि योजनाका बारेमा न्यूज एजेन्सी नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेको छ । यसैसम्बन्धमा तयार पारिएको अन्तर्वार्ताको सम्पादित अंश यस्तो छ ।

नेकपा एमाले टुक्रियो । तपाइले विभाजन रोक्न चाहनुभएन भन्ने आरोप छ भने अर्को हावाले बढार्ने कसिङ्गर आफैँ उडेर गयो भन्ने पनि छ, के भन्नुहुन्छ ?
पहिलो कुरा टुक्रियो भन्ने शब्द लगभग ठीकै शब्द हो, यो विभाजित भएको होइन । टुक्रिनु र विभाजित हुनु फरक कुरा हो । विभाजित होइन, टुक्रो, चोइटो, अलिकति उछिट्टिनु या त्यसबाट अलग हुनु अर्को कुरा हो । केही मानिसहरु मानिसहरु पार्टीबाट अलग भएको हो । त्यसलाई त्यस्तो रुपमा लिनुपर्छ । कोशिसै गरेन भन्ने कुरो मैले ५१ वर्षअगाडि जतिबेला कम्युनिष्ट पार्टी स साना टुक्रा टुक्रामा विभाजित थियो । खास पार्टी जस्तो पार्टी कुनै पनि थिएन । त्यसबेला एउटा नयाँ आन्दोलन शुरु गर्ने नयाँ एकीकरणको अभियान शुरु गर्ने त्यो काम थिएँ । त्यसै आन्दोलनबाट अगाडि बढेर एउटा एकताको आह्वान ३१ सालमा गरिएको थियो । त्यसै आह्वान अन्तर्गत ३२ सालमा कोर्डिनेशन केन्द्र बन्यो । केही जिल्लाका अगुवा साथीहरु मिलेर त्यसपछि विभिन्न समूहरु त्यसमा समाहित हुँदै गए । अनेक समूहहरु समाहित भएर माले बन्यो । नेकपा माले, २०३५ सालमा । त्यसपछि अनेक समूह हुँदै गएर पार्टी बिस्तार र एकीकरण र एकताका प्रयासहरु खासगरी अन्तिम रुपमा सफल मेरो नेतृत्वमा भएको थियो र नेकपा एमाले र माओवादी केन्द्रलाई पनि मेरै नेतृत्वमा मिलाएर एउटै कम्युनिष्ट पार्टी जस्तो छिटपुट एकदुई जना व्यक्तिहरुका सानातिना समूहहरु रहनु बेग्लै कुरा हो । आमरुपमा एउटै पार्टी जस्तो दुई तिहाइको स्थिती निर्माण गरिएको थियो । म त्यो पृष्ठभूमीबाट ती प्रयासका साथ पार्टी एकता गरेर एकीकरणको अभियान सञ्चालन गरेर आएको मान्छेले पार्टी निर्माण गर्न, बचाउन कोशिष गरिन भन्ने कुरा भनेको पूर्वाग्रही र गलत कुरा हो । मैले त्यसमा धेरै केही भनिरहनु पर्ने आवश्यक्ता छ जस्तो लाग्दैन । यसबीचमा पनि अकारण पार्टी फुटाएको छ, के कारण थियो र पार्टी फुटाउनु, अकारण पार्टी फुटाएको छ, पार्टी भित्र बिनासित्ति नचाहिँदो ढंगले अन्तरविग्रह शुरु गरेको छ । अस्थीरता पार्टी भित्र शुरु गरेको छ, पार्टी प्रतिको विश्वास कम गराउनको लागि अनेक कुप्रचार पार्टी भित्रबाट गरेको छ । त्यस्तो हुँदा पनि सहेर एकताका प्रयास गरेको हुँ । उहाँ प्रदेश प्रदेशमा पार्टी भित्र अन्तर्घात गरिएको छ । यहाँ पार्टीभित्र अन्तर्घात गरिएको छ । आफ्नो सरकार ढाल्नका लागि विश्वासको मत माग्दा बहिष्कार गरेर बाहिर गएर सरकार ढाल्ने कोशिस भएको छ, संसद जोगाउँ भन्दा जोगाउनलाई विश्वासको मत नदिने र विघटन तिर जाओस् त्यस्ता प्रयास गर्ने र सबै कुरा नेकपा एमालेलाई कमजोर पार्ने, देशमा अस्थीरता कायम गर्ने प्रयास अन्तर्गत सबै गुटहरु चलेका छन्, त्यति सबै हुँदाहुँदै पनि राष्ट्रपति कहाँ हस्ताक्षर लिएर गएका छन्, एमालेको सरकार हुनु भनेको प्रतिगमन हो, त्यसलाई ढाल्नुपर्छ र कांग्रेसको नेतृत्वमा उद्देश्यहीन, विचारहीनहरुको एउटा स्वार्थहरुको समूहले गठजोडबाट एउटा गन्तव्यहीन त्यस्तो सरकार बनाउनुपर्छ, र अस्थीरता कायम गर्नुपर्छ भन्ने मान्यताका साथ राष्ट्रपति कहाँ हस्ताक्षर लिएर अनुशासन हीन, अराजक ढंगले जाँदा पनि मुद्दा हाल्न लाएर एमालेको सरकार गिराइ पाउँ, परमादेश गरेर सोझै नेपाली कांग्रेसका नेतालाई सरकार अदालतबाटै घोषणा गरिपाउँ भन्ने असंवैधानिक माग लिएर जाँदा पनि ती सबै व्यवहारहरु गरिसक्दा पनि त्यसमाथि पनि कार्यदल बनाएर, आफैँले फोन गरेर, भेटेर, कुराकानी गरेर, त्यति प्रयास गरेको छु, अनि त्यसमाथि मैले नै प्रयास गरिन भन्ने ? मैले कोही पनि मानिस नबिग्रियोस् भन्ने चाहन्छु । कसैले पनि बाटो नबिराओस् भन्ने चाहन्छु । कोही पनि व्यक्ति निष्ठाच्यूत नहोस् भन्ने चाहन्छु, मान्छेहरु आदर्शवान होउन्, निष्ठावान् होउन्, मैले सत्यको मार्ग अवलम्बन गर्नुपर्छ भनेर मेरा लागि मात्रै भनेको होइन । म त गर्छु नै । अरुले पनि सत्यको मार्ग अवलम्बन गर्नुपर्छ, निष्ठाको मार्ग अवलम्बन गर्नुपर्छ, मैले भनेको हो । म कसैलाई पथभ्रष्ट होस् भनेर किन चिताउँछु, किन चाहन्छु ?त्यसकारण यो आरोप म माथिको अनुचित आरोपहरु हो ।

तपाईमाथि अलि धेरै दम्भ देखियो भन्ने कुरा माधव कुमार नेपालले भन्नुभएको थियो यसमा स्पष्ट पारिदिनु न ?
तपाईले मसँग कतै दम्भ देख्नुभयो त ?माधव नेपालले त अर्गल्याईं गर्नुछ, अर्गल्याईं गर्नेेले निहुँ खोज्छ । यस्तो हो, उस्तो हो अनेक कुरा भन्छ, मैले दम्भ देखाएको कतै देख्नुभएको छ, मैले त निष्ठाको कुरा गरेको छु, मैले आफ्नो स्वार्थका लागि कुनै देशलाई घात गर्ने काम, पार्टीलाई घात गर्ने काम देख्नुभएको छ ?कहिल्यै मैले विपक्षीसँग मिलेर पार्टीकाविरुद्ध घात गरेको देख्नुभएको छ ?माधव नेपालले त विपक्षीसँग मिलेर पार्टीविरुद्ध घात गरेको त तपाई हामी सबैले चश्मा लगाउन पर्दैन नि । नलाइ कन देखेका छौँ नि । खालि आँखाले देखेका छौँ, अर्कोमा अब मैले थप जवाफ दिइराख्नु पर्ला र ?

यति हुँदा हुँदै पार्टीले किन अपजस भोग्ने त, सबैतिरबाट अपजसको भागी त अध्यक्ष बन्नुभएको छ ?
राजनीतिमा पक्ष विपक्ष हुन्छ, कस्तोसम्म पक्ष विपक्ष हुँदो रहेछ भने महात्मा गान्धीलाई गोली हाने । हाने नि त, प्रतिपक्ष विपक्ष भनेको त्यस्तो हुँदो रहेछ । विपक्षले भन्दो रहेछ कहिँ पनि, शुकरातलाई त विष ख्वाएर मारेका थिए । ब्रुनु बाबेरको के हालत भएको थियो ?ग्यालेलियोको के हालत भएको थियो । मार्टीन लोत्थर किङ्गलाई के हालत गरेका थिए ? दक्षिण अफ्रिकामा क्रिस हनीलाई के गरेका थिए । तसर्थ विपक्षी हुन्छन् र विपक्षीले हदैसम्मको उपद्रो गर्नसक्छ । आरोप लाञ्छना लगाउन सक्छन् । झुटा लाञ्छना लगाउन सक्छन् । यदी भीमसेनले नै पनि गदा युद्धमा सजिलैसँग दुर्योधनलाई जित्थे भने कृष्णले इसारा गरेर यहाँ हान् त्यहाँ हान् भनिरहनु पर्ने थिएन होला । अनफेयर त्यसले खेल्छ जो, कमजोर छ । जो यसै जित्छ उसले अनफेयर खेल्न पर्दैन । जो निष्ठाका साथ राजनीति गर्छ उसले अनफेयर खेल्दैन । हार्छ, जित्छ, तर अनफेयर खेल्दैन । फेयर कुरा, स्वस्थ कुराले, निष्ठापूर्वक खेलिएका कुराले अन्ततो गत्वा जित्छ ।

माधव नेपाललाई कसैले हान्न सिकायो ? माओवादी वा कांग्रेस हो ?
मैले कृष्णको कुरा गरेको द्वापर युगको महाभारतको प्रसंगमा मात्रै हो । कहिले काहीँ यहाँका अश्वस्थ व्यवहार गतिविधि गर्नेहरुको कपट जालझेल अश्वस्थता र असत्य मार्ग, असत्य प्रचार ती प्रसंगको सन्दर्भमा मैले त्यो कुरा भनेको होइन । मलाई अहंकारी भन्छन् नि भन्नुभयो, मैले माधव नेपाललाई भेटौँ न भन्दा भेट्दिन भन्ने । अहिलेसम्म माधव नेपालले कम्तिमा २ वर्ष भयो होला फोन गर्नुभएको छैन । मैले लगातार फोन गरिरहेको छु, कुरा गरिरहेको छु, म प्रधानमन्त्री कहाँ आएर भेट्दिन, यहाँ भेट्दिन भन्दा म आफैँ भनेको ठाउँमा गएको छु, त्यसरी काम गरेको छु मैले, तैपनि मलाई के लाग्छ भने माधव नेपाल एक्लो होइन, एउटा दक्षिण ध्रुवको छ, अर्को उत्तर ध्रुवको छ, एउटा चुम्बकका दुई वटा पोल एकठाउँ आउँदै आउँदैन । तर यहाँ चुम्बकका दुई वटा पोल जस्ता शक्तिहरु अनेक दुई वटा पुलहरु एकै ठाउँमा ल्याइएको छ कसरी ? त्यो भन्दा बढी बलवान शक्ति भयो भने त्यसलाई त्यहाँ राख्छ । बलका अगाडि बन्धनको केही लाग्दैन । जस्तै बन्धन भए पनि त्यसलाई टुटाउन सक्ने गरी तागत लाग्यो भने माधव नेपाललाई एमालेमा रहन नसक्ने गरी त्यहाँबाट छुटाउने गरी, चुँडाउने गरी तागत लागेपछि माधव नेपालको केही लाग्दैन । केही लागेन होला । त्यो हुनसक्छ ।

पार्टीको अन्तरकलहले प्रतिपक्षि बन्नुपरेको हो ?
अन्तरकलह पनि होइन यो । कलह दुई पक्षको हुन्छ । यहाँ एक पक्ष माधव नेपाल पक्षको निहुँ खोजाइ मात्रै हो । माधव नेपालका उद्देश्य मात्रै हुन् । हामी पार्टी बनाउने पक्षमा छौँ, किनभने देश बनाउनु छ । देश बनाउनका लागि राम्रा नीतिहरु, राम्रो व्यवहार, राम्रो अभ्यासका साथ अगाडि बढ्नुछ । हामी त्यसमा लाग्ने हो । त्यसमा लागेका छौँ । हामीले कहाँ कतै अन्तरघात गरेको छ, कहाँ कतै बेइमानी गरेको छ, कहाँ कतै अश्वस्थता केही गरेको छैन । केही नै गरेको छैन । तपाईहरुले के भन्न सक्नुहुन्छ भने कडा बोली भयो । अब कसैले पार्टीका विरुद्ध प्रहार गर्यो भने प्रहार गर्नुभयो भन्नु त पर्यो । पार्टीका विरुद्ध प्रहार गर्नु राम्रो कि नराम्रो भन्दा नराम्रो त भन्नुपर्यो ।पार्टीलाई ध्वस्त पार्ने, देशका हीतलाई नोक्शान पार्ने, देशलाई अस्थीरतामा धकेल्ने देशको अमूल्य समय, विकास निर्माणमा लाग्नुपर्ने समय अहिले हेर्नुस् त बजेट रोक्का छ । हामीले जेठ १५ मा किन बजेट जारी गर्छौं । किनभने जेठ र असारभित्र बजेटका तयारी सम्बन्धी काम सबै सकियोस् र साउन १ गतेबाटै विकास निर्माणको काम शुरु होस् भन्नका लागि हो । हाम्रो पूँजीगत खर्च हुने गरेन । त्यसकारण पूँजीगत खर्च हुन पूरा सकोस् । शुरुदेखि नै काम हुन सकोस् । असारको अन्तिममा बजेट पास गर्ने, मुल पेस्की विधेयक पास गर्ने, अनि असोज कात्तिकसम्म लाग्छ पूर्ण रुपमा बजेट पास हुँदा अनि मंसिरबाट शुरु गर्दा वैशाख तिर बल्ल निकासा हुँदा जेठ लागिसक्छ । काम हुँदैन फेरि बजेट फ्रीज हुन्छ । यस्तो स्थितीबाट देशलाई मुक्त गर्नका लागि हामीले गर्यौं । अब अहिले त बजेट रोकिदिएको छ । बजेट रोकेर कर्मचारीलाई तनाखा ख्वाउने बाहेक केही पनि नगरेर रोकिदिएको छ । अहिले सरकार भत्काउन लागेको छ, बिगार्न, फाँडफुँड गर्न लागेको छ, दमन गर्न लागेको छ । अहिले त शान्तिपूर्ण बिरोध प्रदर्शन पनि असह्य भइसक्यो । शान्तिपूर्ण बिरोध प्रदर्शन सुन्नै सक्दैन । तपाईले हिजो देख्नुभयो होला, विद्यार्थीहरु माथि कति निर्मम ढंगले के ती कुनै नेपाली समाजलाई, नेपाल राष्ट्रमाथि हमला गर्न विदेशी फौज आएको हो ? कुनै विदेशी हमला भएको हो र ?त्यहाँ त यस्तो निर्मम ढंगले विद्यार्थी ती हाम्रा भाइछोरा छोरी होइनन् र ? म पनि साढे तीन वर्ष प्रधानमन्त्री छुटेको हो । कहिल्यै त्यस्तो निर्मम शान्तिपूर्ण ढंगले निस्किने बित्तिकै निर्मम हमला त गरिएन नि । यो हमला गर्न लागेको छ। अंगभंग गर्न लागेको छ। विद्यार्थी घाइते बनाउन लागेको छ । युवाहरुलाई घाइते बनाउन लागेको छ। देख्नुहुनन बिरोध, आक्रमण गर्न थाल्या छ । भत्काउन थालेको छ, सुकुम्बासी, भूमीहीनहरुको समस्या समाधान गर्ने आयोग भत्काउन लागेको छ । यस्तो अवस्थामा देशको समय बर्बाद गर्ने, यो काममा लागेपछि यस्तो भएपछि, यो राम्रो भएन, यो देशका, जनताकाविरुद्ध अपराध पूर्ण काम भयो । ल्याइदिएको भ्याक्सिन पनि राम्ररी लगाएको छैन । यो राम्रो भएन । अहिले विकास निर्माणका काम गर्ने, सुशासनका काम गर्नुपर्ने ठाउँमा कुशासन तर्फ, दमन तर्फ, बिरोधी दबाउने मास्ने तर्फ त्यतातिर सरकार गइरहेको छ । विकास निर्माणको कुरै छैन । देशमा द्वन्द्व बढाउने तर्फ, परस्परमा विद्रोह र घृणा बढाउने तर्फ, देशलाई भीडन्तमा लाने तर्फ लागिराखेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ र प्रचण्ड पथमा हिँडिरहेको छ । विचित्रको स्थिती छ । यो स्थिती राम्रो भएन, यो जनबिरोधी क्रियाकलाप भयो नगर्नुस् । यो देशका बिरुद्ध भयो । देशको समय बर्बाद गर्नु देशको शितको पक्षमा होइन, विपक्षमा भयो । यसलाई तपाईले के भन्नुहुन्छ मिडियामा भने यो चर्को बोल्छ । यो चर्को बोलेको होइन, यो यथार्थ हो ।

राष्ट्रिय राजनीतिमा सन्तुलन बिग्रिएको छ, यसको असर राष्ट्रिय राजनीतिमा त छँदै छ, अब प्रदेशमा र आगामी स्थानीय निर्वाचनमा पनि देखिन्छ, क्रमशः नेकपा एमालेको संस्थापन पक्षको शक्ति क्षयीकरण हुनसक्छ ?
राजनीतिमा कुनै पनि कुरा एकदम पूर्व निर्धारित जस्तो हुँदैन । कसले कस्तो काम कसरी गर्छ भन्ने कुरा हो । नेपाली कांग्रेस २०१५ सालमा दुई तिहाई ल्याएको पार्टी हो । ०४८ मा बहुमत र ०५६ मा पनि बहुमत ल्याएको पार्टी हो । अहिलेको प्रणाली बहुतै अफ्ठ्यारो प्रणाली रहेछ । समानुपातिकले गर्दा स्थिरता गाह्रो छ । साह्रै ठूलो वेभ सिर्जना भयो भने कहिले काहीँ कुनै पार्टीको बहुमत आउला । तरिका मिलाइयो भने, जस्तो नेकपा एमालेको हिजो तीन वर्षसम्म बहुमतको सरकार रह्यो । बहुमतको सरकार त रह्यो, एकपटक बन्यो नि देशमा । तरिकासँग बन्यो । त्यो तरिकाले मात्रै बन्या हो । नत्र साधारणतया भन्ने हो भने बहुमत आउँदैन । प्रणाली लगभग हामीले अस्थीरतावाला प्रणाली अलिअलि थुपरियो, अलिअलि संविधान जसरी पनि बनाउनु पर्ने स्थितीमा कम्परमाइज गर्नुपर्यो, सम्झौता गर्नुपर्यो । हाम्रा कामहरु कस्ता हुन्छन् । हामी जनताका, देशका निम्ति कति काम गर्न सक्छौँ एउटा कुरा र बिरोधीहरु जो निकम्मा छन् । जोसँग विचार छैन, जो कामले अगाडि जान सक्दैन उनले अनुचित, अनर्गल, झुट प्रचार गर्छन् । बदनाम, बेइजत गर्न खोज्छन् । त्यो कुप्रचारको भरमा उनीहरु कामहरुलाई आझेलमा पार्ने, राम्रा पक्षहरुलाई ओझेलमा पार्ने, झुटा कुराहरु प्रचार गर्ने र आफ्नो निकम्मापनलाई ढाकछोप गर्ने काम गर्छन् । अहिलेसम्म त्यही भएको छ। अहिले पनि नेकपा एमालेका बिरोधीहरु एमालेको कमजोरी के हो त्यो देखाउन सक्दैनन्, झुटा कमजोरीको चर्चा गर्छन् । अर्को आफ्ना कुरा उनीहरुसँग भन्ने कुरै केही छैन । यो, त्यो गर्छु भन्ने कुरै केही छैन । उनीहरुसँग भीजन छैन । उनीहरु यो हाम्रो गन्तव्य भन्न सक्दैनन् । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय आकांक्षा हो, हाम्रो गन्तव्य हो भन्ने मैले भने । त्यति भन्न उनीहरु सक्दैनन्, किनभने उनीहरुको चित्त यत्ति साँघुरो छ, यसबारेमा बोल्ने हिम्मत छैन । राष्ट्रिय आकांक्षाका बारेमा के नेपाल समृद्ध बनाउने हाम्रो आकांक्षा होइन र ? के सम्पूर्ण नेपाली जनतालाई सुखी बनाउने हाम्रो आकांक्षा होइन र ? यो भन्दा माथिको आकांक्ष केही हुन्छ र ? राष्ट्रिय हिसावमा भन्ने हो भने । समृद्ध नेपाल सुखी नेपाली भन्ने कुरा किन भन्न सक्दैनन् । तर सक्दैनन्, बोल्दैनन् । मैले भनेको सबै कुरा राजनीतिमा छैटीमा लेखेको पनि हुँदैन, प्रर्वनिर्धारित पनि हुँदैन । यो त गरिने हो बनाइने हो । यसपल्ट नेकपा एमालेको सरकारलाई ढालियो । पहिले एमालेमा विभाजन ल्याइयो । एमालेलाई अल्पमतमा पारियो । त्यसपछि जसपाले समर्थन गरेको थियो, त्यसले बहुमत हुन्थ्यो । त्यसभित्र शंकट खडा गरियो । नेकपा एमाले नेकपाबाट माओवादी केन्द्र र एमाले छुट्याइसकेपछि एमाले भित्रै भयानक शंकट खडा गराइयो । त्यो शंकट खडा गराएर एमालेलाई सरकारबाट हटाउने तारतम्य मिलाइयो । त्यसमा विल्कुल विचारहीन, राजनीति हीन, उद्देश्य हीन, केही पनि नभएको स्वार्थहरुको गठजोड गरेर एउटा तथाकथित गठबन्धन । के उद्देश्यको गठबन्धन हो त ? त्यो न्यूनतम साझा कार्यक्रम भन्ने हेर्नुभयो होला । केही छ त्यसमा ? कहाँ पुग्ने, कुन बाटो हिँड्ने कसो गर्ने ?छलछाम छ । त्यसमा जालझेल छ । अब झट्ट हेर्दा एमाले सरकारबाट त हट्यो भने यो कमजोर हुँदै जाने हो कि भन्ने । कमजोर हुँदै जाने पनि एउटा सिलसिला हुन्छ । मैले अक्सर भन्ने गर्छु नि, हात्ती दुब्लायो भने त्यसको तौल घट्ने र दुब्लाउने पनि हद हुन्छ । कति घट्छ त त्यसको तौल त्यसको पनि सीमा हुन्छ । जत्ति घटे पनि हात्तीको तौल हात्तीको तौल हो । बाख्राको तौल बाख्राकै तौल हुन्छ । अरु पार्टीले आफ्नो हैसियत विचार शुन्यताको कारणले, अकर्मण्यताको कारणले, अरु थुप्रै कारण छन् । ती अनेक कारणले आफ्नो हैसियत के बनाएका छन् त्यो हेर्नुपर्छ । प्रदेशमा पहिले नै त्यसको असर परिसकेको छ । बाँकी दुईवटामा असर पर्यो भने पनि केही छैन, के एउटा ख्याल राख्नुपर्छ भने अहिले नेकपा एमालेको स्थिती के हो भन्दा दुईवटामा यसै आफैँ एक्लै मेजेरेटीमा छ । माधव नेपालको प्रयास हुनेछ । कहीँ पनि एमालेको मेजेरेटी नहोस् र खत्तम पारौँ । आजदेखि होइन नि, यो आजदेखिको कुरा हो र ? नेकपा एमालेलाई कमजोर पारेर सानो पार्टी २४० मध्ये ३३ सीटमा झारेर । प्रत्यक्ष निर्वाचना २४० सीटमध्ये ३३ सीटमा एमालेलाई झारेर अब एमालेलाई सिध्याइयो भनेर राजीनामा गरेको होइन माधव नेपालले । उहाँको एमाले कमजोर पार्ने कर्तव्य पदमा रहेर वा नरहेर उहाँले त पूरा गर्नुभएको छ । उहाँले एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्नुभयो । उहाँलाई कसैले माइनिटीमा पारेको थिएन । नेपाली कांग्रेसले पनि सपोर्ट गरिरहेको थियो । हामी सबै पार्टी भित्रबाट सपोर्ट गरिरहेका थियौँ । उहाँले अचानक बालुवाटारमा हामी कसैलाई थाहा नदीकन कांग्रेसलाई राजीनामा दिनुभयो । किनभने काफी अलोकप्रीय बनाइसक्यो सरकार अब । यति भएपछि उठ्न सक्दैन काम पुग्यो भनेर राजनीमा गरेको हो । त्यतिबेला पनि उहाँले आफ्नो कर्तव्य टुप्पामा बसेर पूरा गर्नुभएको थियो । पार्टीको टुप्पामा बसेर पार्टीलाई धराशायी बनाएर पूरा गरेर राजीनामा गर्नुभयो । सरकारको टुप्पामा बसेर एमालेको सरकार सञ्चालन गर्ने कुनै क्षमता रहेनछ भन्ने कुरा प्रमाणीत गराएर उहाँलाई पुगेसम्म अब एमाले उठ्दैन है यति भएपछि भनेर उहाँले प्रधानमन्त्रीबाट राजीनामा गर्नुभयो । अहिले सरकारमा नहसँदा अन्तरविग्रह, अन्तरघात र विपक्षीसँग भित्रभित्र मिलेर विपक्षीलाई एकजुट पार्ने भूमिका खेलेर सिध्याउने कुरा गर्नुभयो । यो त एउटा च्याप्टर त क्लोज भयो नि अब । अब यसै कारणले नेकपा एमाले कमजोर हुन्छ । त्यो कुरा होइन ।

प्रादेशीक राजनीति र राष्ट्रिय राजनीतिको छायाँ र सरकार अर्काको हुँदा त्यसको असर स्थानीय निर्वाचनमा पर्छ कि पर्दैन ?
नेकपा एमालेको तागत घटेको होइन, त्यसभित्र अन्तरघात भएको हो । अन्तरघात भन्ने कुरा सधैँ हुँदैन । केही मान्छेले अन्तरघात गर्दा एक समय बिरोधीसँग मिलेर अन्तरघात गर्दा एक समय अलिकति धक्का पर्छ । त्यसले उनीहरुले एकाध ठाउँमा भत्काउने एकाध ठाउँमा इटा खुस्काउने गर्न सक्छन्, त्यो अपूरणीय क्षति होइन । त्यो टाल्दा भइहाल्ने कुरा हो । त्यो व्रह्माण्डै ध्वस्त हुने कुरा होइन । नेकपा एमाले अहिले पनि प्रमुख पार्टी हो नि देशको । दोस्रोको स्थिती के छ भन्दा ६१ सीट प्रतिनिधि सभामा, एमालेसँग १ सय भन्दा बढी त अहिले छ नि त। अरुसँग ६० होला । अरुसँग ४८ होला । अरुसँग बाहिर, यता, उति जोड्दा ३०, ३५ होला । स्थिती त त्यही हो नि । त्यही भएर नेकपा एमालेसँग अर्को तुलना त हुँदैन । हुने स्थिती छैन । नेकपा एमाले माओवादी र कांग्रेस २ वटा स्थानीय तहका निर्वाचनहमा मिलेर चुनाव लड्दा प्रमुख हैसियतमा आएको होइन र पहिला पनि । अहिले त नेकपा एमालेले त यसबीचमा धेरै काम गरेको छ नि । एमालेले के गर्यो भनेर कसैले सोध्यो भने तपाई जहाँ हुनुहुन्छ, जहाँ उभिनुहुन्छ, त्यही ठाउँबाट दायाँ हेरेर बायाँ हेरेर यो त एमालेकै सरकारमा गरेको काम हो भनेर भन्दिन सक्नुहुन्छ । काठमाडौंको सडक, काठमाडौंमा पानी । अहिले बाढीले मेलम्ची बिग्रएको होला । एमालेले त ल्याएको हो नि । बाढी आउनु त बेग्लै कुरा हो । बाढी पनि हामी जनवरीसम्ममा त्यसलाई ठीक गरेर ल्याउँछौँ भन्दै थियौँ । वहाँहरुले वैशाख जेठ पुर्याइसक्नुभयो । उहाँहरुसँग त्यो कार्यक्षमता छैन, किनभने यति समय त उहाँहरुको कुरा गर्दा गर्दै बितिसक्यो, बधाईहरु यताउति, बिरोधीहरुको आलोचना र बिरोध गर्दागर्दै, बिरोधीहरुलाई धम्क्याउँदै बितिसक्यो डेढ महिना त गइगयो नि । अब अरु समय पनि त्यसैगरी जान्छ । उहाँहरुले त्यसरी काम गर्न त सक्नुहुन्न नि । मैले त खुट्टा तान्दै गर्दा पनि जुत्ता तान्दै गर्दा पनि काम त अगाडि बढाएको बढाइ गरेको थिएँ । नेपाली कांग्रेस अहिले कुनै शक्ति आर्जन गरेर सरकारको नेतृत्वमा पुगेको हो र ? शक्ति आर्जन त होइन नि । संसदीय गणित । यो त ०७४ को निर्वाचनले निर्माण गरेको गणित हो । आउँदो निर्वाचन त आउनै बाँकी छ । त्यसले के निर्माण गर्दछ । भोट ल्याउने गरी काम, नेपाली जनताको मन जित्ने गरी र नेपाली जनताबाट विश्वास आर्जन गर्ने गरी तिमीले शासन गर योग्य रहेछौँ भनेर जनादेश पाउने गरी काम , कसैले त्यस्तो विचार अघि सारेको छ ? कसैले त्यस्तो काम अगाडि सारेको छ, त्यस्तो काम गरेको छ ? देख्नुभएको छ कहीँ । त्यो छैन भने मैदानमा त एकल एमाले छ त । अरु त खुट्टा तान्ने हुन् । एमालेको बिरोध आलोचना गर्ने हुन् । यो बाटो बनाउँछु भन्ने क्षमता हरुसँग छैन एमालेले गर्छ । यो पहाडमा सुरुङ्ग खनेर पानी निकाल्दिन्छु भन्ने क्षमता अरुसँग छैन एमालेसँग मात्रै छ । यो नदी थुनिदिन्छु, ड्राइभर्सन गरेर तराई सिँचाइ गरिदिन्छु भन्ने अरुसँग छैन नि त । त्यो क्षमता त एमालेसँग मात्रै छ । त्यो तपाईले सुनकोशी मरिन ड्राइभर्सनमा देख्नुभएको छ । सुनकोशी, कमला ड्राइभर्सनको योजना हामीले अगाडि सारेका छौँ, त्यहाँ देख्नुभएको छ ।

शेर बहादुर देउवालाई धन्यवाद दिनुपर्छ तपाइले, पिलो निचोरेर फालिदिनुभयो, काँडो निकालेर फालिदिनुभयो, अध्यादेश ल्याएर भएपनि, यी सबै संवाद सुनिसक्दा देउवाले खिल निकालिदिनुभयो नि हैन ?
त्यो होला, नहोला, यसो होला, उसो होला, जसो भएपनि उहाँले संवैधानिक काम गर्नुभएन । एउटा आज राती १२ बजे अधिवेशन अन्त्य हुन्छ, अधिवेशन अन्त्य गरिन्छ बलजफ्ती, छापामार शैलीमा, अचानक । भोलि बिहान १० नबज्दै अध्यादेशको सिफारिस हुन्छ । यसरी सिफारिस हुन्छ षड्यन्त्रपूर्ण ढंगले । नेकपा एमालेलाई विभाजित गर्न कति संख्या राख्यो भने २५, २०, ३०, ३५ प्रतिशत सुन्नुभयो होला, त्यो सबै हिसाव हो । कुनै कारण प्रतिपक्ष माथि निशाना गरेर गलत बद्नियतका साथ कुनै कानून त्यसरी ल्याइन्छ ? ल्याइन्थ्यो भने संसद चलिरहेको थियो संसदमा ल्याउनुपथ्र्यो । संसद छलेको भनेको यो हो । राती १२ बजे अन्त्य गर्ने, बिहानै अध्यादेश सिफारिस गर्ने । अध्यादेशको व्यहोरा पहिले नै ल्याइसकेको थियो । संसदमा पेश गर्नुपर्छ की पर्दैन । आज राती १२ बजे अन्त्य हुन्छ, अध्यादेश ड्राफ्ट १० नबज्दै कहिले गरे दबाउने । बन्द समयमा, अफिस समय शुरु पनि भएको छैन, कर्मचारी आएका पनि छैनन् । कानूनको परामर्श कहिले कोसँग लिनुभयो । किनभने अफिस बस्नुभन्दा अगाडि त तपाईले अध्यादेश सिफारिश गरिसक्नुभएको छ । प्रष्ट बदनीयत देखिन्छ । अराजनीतिक, प्रतिष्पर्धाको क्षमता नभएको राजनीतिका नाममा कुटिलताबाट विपक्षलाई समाप्त पार्ने । कमजोर पार्ने । त्यस खालका नीयतवश । अस्ति भर्खर सर्वोच्च अदालतले अत्यावश्यक, अत्यन्त जरुरी नपरिकन, देशका लागि जरुरी पर्नुपर्छ कुनै व्यक्तिका लागि होइन । यहाँ माधव नेपाललाई अति जरुरी पर्यो भनेर कानून ल्याइने होइन । देशका लागि जनताका र राष्ट्रका हीतहरु त्यसमा जोडिएको हुनुपर्छ । यो अध्यादेशसँग राष्ट्रका हीत कहाँ जोडिएको छ ? लोकतन्त्रलाई नौटंकी प्रणाली बनाउने अलोकतान्त्रिक प्रणाली बनाउने यो क्रियाकलाप राष्ट्रिय हीत, जनहीतसँग कहीँ जोडिएको छ ? तत्काल देशका लागि गर्नैपर्ने के पर्यो यो अध्यादेशसँग त्यस्तो के छ ? संसदको बैठकमा ल्याउन सकिन्थ्यो, छोटो बाटोबाट गर्न सकिन्थ्यो । यस्तो छोटो बाटोबाट गरिएका उदाहरुणहरु छन् । ०६५ साल जेठ १५ गते बिना तयारी संविधानसभाको पहिलो बैठकबाट संविधानसभा के हो र व्यवस्थापिका के हो ?त्यो पनि छुट्टिएको छैन । बोलाइएको संविधान सभा बैठक छ। व्यवस्थापिकाले संविधान संसोधन गर्नुपर्छ । नियम निलम्बन कसले गर्यो । ती तत्काल १० मिनेटमा व्यवस्थापिकाको बैठक बोलाएर संविधान सभाको स्थगित गरेर, कानून तत्काल निलम्बन गरेर, संविधानको धारा तत्काल निलम्बन गरेर, तत्काल फेरेर गणतन्त्र घोषणा गरिएको होइन ? त्यो पनि तत्काल पर्दा गर्न सकिन्छ । देशलाई नै जरुरी पर्यो भने हामी गर्न सक्थ्यौँ होला नि । देशलाई नै जरुरी परेको त थिएन, जनतालाई, आकस्मिक रुपमा त केही थिएन ।

पार्टीका समस्याका लागि प्रणालीका मूल्य मान्यता, कानूनका मूल्य मान्यता, संविधानका मूल्य मान्यता र हाम्रा व्यवहारहरु अश्वस्थ हुँदैन । प्रश्न के हो भने मेरो घरमा झगडा हुनसक्छ । त्यसो भनेर मैले देशको कानून नै फेर्दे भन्ने ? मेरो घरमा झगडा पर्यो त्यसकारण संसद अन्त्य गर्देउ र अर्को चिज गर्देउ भन्ने ? अनि त्यो कुरा सरकारले मान्ने गर्ने ? सरकार बिस्तार गर्न पाएन के भन्या त्यो ? मान्छेको पद जान्छ भनेर मन्त्री हुन पाएन ? मन्त्री हुने बित्तिकै पार्टीले निकाल्छ । मन्त्री पनि खाने, सांसद पनि रहने, पार्टीबाट पनि निष्काशित नहुने यस्तोलाई के शब्द बोल्ने ? निर्लज्जताको, पदलोलुप्ताको, आशक्तिको, बेइमानीको यो भन्दा तल्लो स्तर के हुन्छ । अदालतको फैसला बिपरित् अदालतको अपहेलना गर्दै राष्ट्रिय आवश्यक्ता जनताको आवश्यक्ता होइन, तत्काल नगरिनहुने कुनै काम थिएन, नेकपा एमालेका बिरुद्ध प्रहार गर्नका लागि बदनीयत पूर्ण ढंगले आकास्मिक रुपमा अधिवेशनमा षड्यन्त्रपूर्ण ढंगले अन्त्य गरेर तत्काल अध्यादेश ल्याउने काम भयो । अध्यादेश तत्काल ल्याउने काम, अध्यादेश जारी भयो, एकथरी मान्छेहरु पाखुरा समातेर त्यहाँ पुर्याइए, घिसार्दै, त्यो त हामी सबैले देख्यौँ होला । यसले कसलाई फाइदा भयो, कसलाई बेफाइदा, कसलाई नाफा, कसलाई नोक्शान भयो भन्ने कुरा भन्दा यो एमालेका विरुद्धको अलोकतान्त्रिक, अमर्यादित, षड्यन्त्रपूर्ण, बास्तवमा यो अनैतिक काम हो । अर्को पार्टी फुटाउनका लागि यस्ता खालका क्रियाकलाप गर्ने अनैतिक काम हो यो । जुन काम नेपाली कांग्रेसको नेतृत्वमा भयो, जुन कुरा अलि अगाडिसम्म उहाँहरु अध्यादेशबाट देश चलाउन पाइँदैन भन्नुहुन्थ्यो । अहिले त १२ बजे अन्त्य गरेर १० नबज्दै उहाँहरु त अध्यादेश ल्याउँदै हुनुहुन्छ त । अध्यादेशले शासन चलाउन पाइन्छ ?संसद छल्न पाइन्छ, त्यतिबेला संसद छलेको होइन, संसद अन्त्य भएको हो । संसद अन्त्य भएपछि गर्नुपर्ने काम आएँदा गरिएको थियो । मैले पहिले ४० प्रतिशत नै राखेको थिएँ । स्थिरताको पक्षलाई ध्यानमा राखेको थिएँ । तर पार्टीहरुले केन्द्रीय सदस्य थप्दै जाने कसैका ७ हजार केन्द्रीय सदस्य तपाई हामीले सुन्यौँ होला । कसैले १५ सय केन्द्रीय सदस्य पुर्याएको सुन्यौँ होला, केन्द्रीय सदस्यको ४० प्रतिशत भनेर त्यो प्रावधान पनि र उता सांसदको पनि राख्ने हो भने त बँधुवा मजदुर जस्तो हुने भयो । संवैधानिक स्थिर त्यो होइन । त्यसकारण पार्टी वा संसद भनेर राखिएको थियो, त्यत्ति हो गरेको । मलाई त्यो आवश्यक्त परेको त होइन, तर एउटा सैद्धान्तिक तवरमा कुनै पार्टी भित्र यस्तो अराजकता, फ्लोर क्रसको तमासा, यो अलग्गै भएको स्थिती, निर्वाचन आयोगमा अगाडि बढाबढको स्थिती त्यसलाई ध्यानमा राखेर अहिले झैँ कलुषित मनशायका साथ त्यतिबेला त जारी गरिएको थिएन । तर त्यतिबेला धुमधाम बिरोध भयो । पुष्पकमल दाहाल जीबाट बिरोध भयो । माधवकुमार नेपाल, शेरबहादुर देउवा अनेकबाट बिरोध भयो त्यतिबेला । मध्यरातमा अन्त्य गरेर भोलिपल्ट बिहानै अध्यादेश जारी गरिएको थिएन । तर पनि उहाँहरु छतमा टाउको ठोक्किने गरी उफ्रिनुभयो । अहिले मलाई ताजुव लाग्छ फेरि केही मिडिया, केही नागरिक समाजका अगुवा, केही बुद्धिजीवि जो त्यतिबेला एकदमै उफ्रिए, अहिले ध्यानमग्न । इमान अर्काका लागि होइन, इमान त आफ्ना लागि कायम गर्नुपर्ने हो नि । मेरो आग्रह के हो भने हरेकले आफ्नो इमान कायम राखौँ न ।

पार्टीभित्रै असन्तुष्ट र माधव नेपाललाई नि छोडेका व्यक्तिहरु अहिले पार्टी भित्रै हुनुहुन्छ कि पार्टी बाहिर हुनुहन्छ, कसरी मिलाउनुहुन्छ ?
माधव नेपालले जति अल्मल्याउनुभयो, भ्रममा पार्नुभयो, ती मान्छे उहाँसँग लागेहोला । हिजो त्यहाँ लगेर उहाँले पेश गरेका नामहरु, देखाएका हस्ताक्षरहरु ती सही होइनन् भन्ने वक्तव्य विभिन्न व्यक्तिले दिएको सुनिहाल्नुभयो । ती साथीहरु मसँग सम्पर्कमा नि हुनुहुन्न । उहाँले पेश गरेका मान्छे पनि उहाँसँग रहेन छन् । केही मान्छे जानुभयो, केही नगएका मान्छेको नाम राखियो । तर उहाँहरुबाट त होइन भन्ने वक्तव्य आयो । अरु आउने सिलसिला जारी छ । जो उहाँसँग गएनन् पार्टीमै छन् । त्यो त स्वतः स्पष्ट भयो । कहाँ अन्तरिक्षमा गए त ?जो अर्कोतिर लागेनन्, पार्टी छोडेनन्, ती पार्टीमै छन् । पार्टीका नेता, कार्यकर्ता जो जहाँ थिए त्यहीँ छन् । मेरो के भूमिका हुन्छ, जे भूमिका थियो त्यहीँ छु । कोही कोही भूमिका फेरिन्छ पनि । जस्तो चिफ मिनिस्टरमा रहेका र नरहेका साथीहरुको भूमिका अलिकति फेरियो । डोरमणी जीले राजीनामा गर्नुभयो । अष्टजीले चिफ मिनिस्टरको पदभार सम्हाल्नुभयो । भूमिकामा केही परिवर्तन त्यसरी हुँदो रहेछ । पार्टीको काममा होलान् साथीहरु । हिजो पार्टी एकता हुनुपर्छ भन्ने अभियानमा लागेका थिए । कहिले यो तहसम्म बिगार्ने मनशाय छ भन्ने नठानिएका व्यक्ति बेला, यो त्यो पक्ष भएपनि होला । तर यहाँ पुर्याउँदैछ भन्ने नठानिएका बेला, कसको मनमा को पस्न सक्छ र भन्ने छ नि, कसैको मनमा त कोही पस्न सक्दैन । मनमा पस्न नसक्या बेला । को कता को कता देखियो होला । त्यसलाई हिसाव गरिरहनु हुँदैन । राष्ट्रपतिले त क्याबिनेटको निर्णयको आधारमा गरिदिने हो । त्यसमा धुमधाम आलोचना । प्रधानमन्त्रीले गरेको गलत सिफारिस हो, अहिले पनि राष्ट्रपतिले पास गरिदिनुभयो । बिल्कुल गलत, एमाले बिरुद्धको, एमाले विभाजन गर्ने उद्देश्यका साथ, बदनियतपूर्ण, एमालेलाई कमजोर पार्ने गलत मनशायका साथ, तर पनि मन्त्रीपरिषद्को निर्णयमा प्रधानमन्त्रीले सिफारिस गरेपछि राष्ट्रपतिले गर्नुभयो । किन आलोचना गर्दैनन् कोहीले गलत कुरालाई राष्ट्रपतिले गर्नुभयो भनेर । यस्तो गलत काम गर्दा पनि शेरबहादुर जीले गलत काम गर्नुभयो भनेर भन्नु पर्दैन । अर्कोतरि सभामुखको काम पार्टीले कसैलाई निष्कासित गर्छ भने त्यो नोटिस जारी गरिदिने हो । पहिले टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत उहाँहरुलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल उहाँले सुनाउनु भएको थियो । सरिता गिरीलाई निकालिएको छ भन्ने बित्तिकै तत्काल उहाँले सुनाउनुभएको थियो उहाँको चाहनामा । अहिले तीन दिनदेखि उहाँ के पर्खिएर बस्नुभएको छ । नेकपा एमालेले हटाएका मान्छेहरु नेकपा एमालेले हटाएको छ भन्ने सूचना किन टाँस्नुहुन्न । सभामुखको कर्तव्य त्यही हो । ट्रेडिशन के छ भन्दा २४ घण्टाभित्र सभामुखले सूचना टाँसिसकेको छ पहिला पहिला । यतिबेला सूचना टाँस नगर्ने कागजपत्र झिकाउँछु, हेर्छु । सभामुख न्यायाधीश होइन, सभामुखले छानबिन फैसला गर्ने होइन । कुनै पार्टीले कसैलाई निकाल्छ कि निकाल्दैन, उचित छ कि छैन, न्यायाधीश होइन सभामुख । निष्काशन गरेको सूचना टाँसिदिने हो । सदन छ भने सदनमा सुनाउने, सदन छैन भने सूचना पार्टीमा सूचना टाँस गर्नेसम्मको काम हो । न्यायाधीश पल्टिने हो र ? माओवादी कार्यकर्ता भएर एमालेका विरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो । उहाँ केलाई पर्खिरहनुभएको होला । उहाँले ठान्नुभएको होला, उहाँले नसुनाएसम्म पद कायमै रहन्छ । र कायमै रहेको पदमा एमाले बिरोधी मान्छे संसदमा उपस्थित गराउने भन्ने । अग्नि सापकोटा जीलाई म सोध्न चाहन्छु, संसद चलाउनु छ कि छैन उहाँलाई ?गैरकानूनी ढंगले मनपर्दी ढंगले संसद् चल्न सक्दैन । उहाँलाई सभामुख हुनु छ कि छैन ?एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख अुन सकिँदैन, सभामुखको कुर्सीमा बसेपछि निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुपर्छ । होइन चने छोडिदिए हुन्छ । उहाँले कार्यकर्तामा फर्किने वा सभामुखको हैसियतमा निष्पक्ष ढंगले काम गर्छु भनेर सोच्नुपर्छ । यो अटेरी, जिद्दी तालले गैरकानूनी, असंसदीय तालका क्रियाकलाप उहाँले रिपिडेट्ली देखाउनुभएको छ । माओवादी कार्यकर्ताको रुपमा काम गर्नुभएको छ । त्यो काम गर्न पाइँदैन ।

पार्टीका कार्यकर्तालाई केही अपील छ कि ?
मैले पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कुनै भ्रम अन्योलमा नपर्न, अलमलमा नपर्न, कसैको पद वा अन्य कुनै कुराको प्रलोभनमा नपर्न र पार्टीप्रति निष्ठावान भएर काम गर्ने हाम्रो परम्परा छ । आम नेता कार्यकर्ताहरु निष्ठावान हुनुहुन्छ । तर भ्रममा पारेर निष्ठावान पार्ने कोशिष हुनसक्छ । त्यसकारण कुनै भ्रममा नपरेर पार्टीप्रति निष्ठा, दृढताका साथ, पार्टीबिरोधी विचारलाई अस्वीकार गर्न र पार्टीको एकता, पार्टी बिस्तारका काममा जुट्न र आगामी दिनमा हामीले विजय हासिल गदै जानुछ । नेपालमा राजनीतक हिसावले विजय गर्ने अर्को कुनै शक्ति छैन । हामीले विजय हासिल गर्दै जानुपर्छ । त्यो विजय यात्राका लागि त्यस अभियानमा सबैलाई जुट्न म हार्दिक आग्रह गर्दछु ।

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.