६० प्रतिशतले बढ्यो विकास बैङ्कको नाफा, उच्च नाफा कमाउनेमा मुक्तिनाथ

४ भदौ ७८, शनिबार

५ भदौ, काठमाडौ ।

विकास बैङ्कहरूको नाफा बढेर ६ अर्ब ८ करोड माथि पुगेको छ ।

हालैमात्र बैङ्कहरूले जारी गरेको वार्षिक रिपोर्ट अनुसार विकास बैङ्कको नाफा अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ मा करिब ६० प्रतिशतले नै वृद्धि भएर कुल ६ अर्ब ८ करोड २८ लाख ७१ हजार रुपैयाँ पुगेको हो । यस्तो नाफा विकास बैङ्कहरूले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८० करोड १२ लाख १२ हजार रुपैयाँ मात्र आर्जन गरेका थिए ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १७ वटा विकास बैङ्कहरू मध्ये गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउने विकास बैङ्कमा मुक्तिनाथ विकास बैङ्क रहेको छ ।

बैङ्कले आर्थिक वर्षको १२ महिनामा कुल १ खर्ब १५ अर्ब ९ करोड ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा बैङ्कले अधिकतम ६२.७० प्रतिशतले बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७६÷७७ मा बैङ्कले कुल ७० करोड ७४ लाख ५ हजार रुपैयाँ मात्र नाफा आर्जन गर्न सकेको थियो ।

यस्तै, बैङ्कले ब्याज आम्दानी तर्फसमेत अन्य बैङ्कहरूलाई पछि पार्दै गत आर्थिक वर्षमा २ अर्ब ७० करोड ४५ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैङ्कले २ अर्ब २५ करोड ९३ लाख ८४ हजार ब्याज आम्दानी गरेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top