×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

बागलुङमा व्यवसायीले पाए खोप

५ भाद्र २०७८

५ भदौ, बागलुङ ।

अत्यावश्यकीय सेवा क्षेत्रका व्यवसायीले कोभिड–१९ विरुद्धको खोप पाएका छन् ।

Advertisement
Advertisement

खाद्य, किराना, तरकारी, फलफूल, ग्यास, दूध, माछामासु, होटल व्यवसायी लगायतले खोप लगाएका हुन् । कसैले पूर्ण मात्रा पाइसके भने कोही दोस्रो खोपको प्रतिक्षामा छन् ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले ६ सयभन्दा बढी व्यवसायीले खोप लगाइसकेको बताए । “व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा खोप लगाउन पाउने प्रबन्ध गरिएको छ”, उनले भने, “सञ्चालकलाई मात्र नभएर व्यवसायमा आबद्ध कर्मचारी र कामदारका लागि पनि खोप माग गरेका छौँ ।”

अत्यावश्यक सेवामा संलग्न व्यवसायीलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराइएको अध्यक्ष राजभण्डारीको भनाइ छ । सङ्घले जिल्ला खोप समन्वय तथा अनुगमन समितिसँग मिलेर व्यवसायीलाई खोप दिलाउन पहल गरेको थियो ।

यसअघि होटल तथा रेष्टुराँ व्यवसायी सङ्घलगायत व्यवसायीका सङ्घ सङ्गठनले खोप पाउनुपर्ने माग गर्दै आएका थिए । पहिले छुटेका अत्यावश्यक सेवामा संलग्न व्यवसायीलाई आजदेखि खोप लगाउन थालिएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए ।

सञ्चालकको व्यवसाय दर्ता प्रमाणपत्र र सक्कल नागरिकताका आधारमा खोप दिइएको उनको भनाइ छ । व्यवसायीसँगै पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिलाई यही भदौ ८ र ९ गते दोस्रो खोप लगाइने भएको छ ।

यस्तै खोप लगाउन छुटेका वित्तीय संस्थाका कर्मचारी, स्नातक र स्नातकोत्तर तहको परीक्षामा सहभागी हुने विद्यार्थी तथा कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो खोप लगाउन बाँकी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई पनि खोप दिन शुरु गरिएको छ ।

यहाँका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालित छ । स्वास्थ्य कार्यालयका खोप सुपर भाइजर राजु खत्रीका अनुसार हालसम्म ५९ हजार ९३५ ले पहिलो र ४७ हजार ९०७ ले खोपको दुवै मात्रा लगाएका छन् । अझै करिब एक लाख जनसङ्ख्यालाई खोपको पहुँचमा ल्याउन बाँकी रहेको सुपरभाइजर खत्रीको भनाइ छ ।

Advertisement

खोप अभियानकै बीचमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि जिल्लामा अहिले कडा निषेधाज्ञा छ । गत साउन २८ गतेदेखि जारी निषेधाज्ञाका कारण अत्यावश्यकबाहेकका सबै सेवा क्षेत्र, बजार, व्यवसाय र यातायात बन्द छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

सम्बन्धित खबरहरु

Scroll to Top