त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा, गुलशन नयाँ अनुहार

५ भदाै, काठमाडौं ।

Advertisement

नेपाल क्रिकेट संघ(क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिज र पपुवा पुगिनीसँग हुने दुई ओडिआई सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । घोषणा गरिएको अन्तिम १७ सदस्य टोलीमा तीव्र गतिका युवा बलर गुलशन झाले पहिलो पटक स्थान बनाएका छन् ।

गत फागुनमा काठमाडौंमा भएको काठमाडौं मेयर्स कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेल्दै एपिएफविरुद्ध चार विकेट लिदै उत्कृष्ट प्रभाव छाडेका थिए । गुलशनले तीव्र गति र बाउन्सरको कारण सबैलाई प्रभावित पारेका थिए ।

Advertisement

त्यस्तै बलर विक्रम शोब, शरद भेषावकर र रोहित कुमार पौडेलले पूनरागमन गरेका छन् । बन्द प्रशिक्षणमा रहेका साहब आलम र कमलसिंह ऐरी भने बाहिरिएका छन् ।

ज्ञानेन्द्र मल्लकाे कप्तानीमा रहेकाे नेपाली टाेलीमा उनीहरुका अलावा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, पवन सरार्फ रहेका छन् ।

Advertisement

नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । त्रिकोणात्मक ओडिआई सिरिजमा ओमान र अमेरिका सँग २-२ खेल खेल्ने छ । त्रिकोणात्मक सिरिज अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग दुई ओडिआई खेल्ने निश्चित भएको छ । नेपाली टोली अगष्ट अन्तिम अर्थात भदौ दोस्रो साता ओमान भ्रमणमा निस्कनेछ ।

नेपालले पिएनजीसँग पहिलो ओडिआई खेल भदौ २० (सेप्टेम्बर पाँच) मा खेल्नेछ । दोस्रो ओडिआई भदौ २३ सेप्टेम्बर (आठ) मा खेल्नेछ । त्यसपछि टोलीले चार दिन विश्राम गर्नेछ ।

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म खेल्ने छ । खेल तालिका भने सार्वजनिक भएको छैन । नेपालले पिएनजीसँग ओडिआई अभ्यास खेल्दा ओमानले मुम्बईको टोलीसँग तीन एकदिवसिय र तीन टि२० सिरिज खेल्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top