जलवायु परिवर्तनका कारण झन्डै एक अर्ब बालबालिका जोखिममा : युनिसेफ

५ भदाै, एजेन्सी ।

विश्वमा हरेक दुईमध्ये एक बालबालिका जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभावको शिकार हुने अवस्थामा रहेका युनिसेफले शुक्रबार बताएको छ । मध्य अफ्रिकी गणतन्त्र, चाड, नाइजेरिया, गिनी र गिनी–बिसामा रहेका बालबालिकाहरू जलवायु परिवर्तनको सबैभन्दा बढी खतरामा रहेका बताइएको छ ।

“जलवायु सङ्कटले बाल अधिकारलाई पनि सङ्कटमा पारेको छ । ‘जलवायु परिवर्तनका कारण बालबालिकामा जोखिम सूचकांकको परिचय’ शीर्षकमा गरिएको अध्ययनमा युनिसेफले आफ्नो युवा जनसंख्याको जलवायु र वातावरणीय प्रभावको आधारमा देशहरूलाई स्थान दिंदै बालबालिकाको दृष्टिकोणबाट जलवायु जोखिमको पहिलो व्यापक विश्लेषण गरेको बताएको छ ।

युनिसेफले भनेको छ, “विश्वका दुई अर्ब बीस करोड बालबालिकामध्ये झन्डै एक अरब केटाकेटी ’अत्यन्तै जोखिमपूर्ण’ भनी वर्गीकृत ३३ देशहरूमा बसोबास गर्छन् ।

यस अध्ययनमा विचार गरिएका खतराहरूमा बाढी, चक्रवात, ताप लहर, पानीको अभाव, वायु प्रदूषण, सीसा प्रदूषण र संक्रामक रोगहरू समावेश छन् ।

“जलवायु र वातावरणीय प्रभाबले स्वच्छ हावा, भोजन र सुरक्षित पानीको पहुँचदेखि लिएर शिक्षा, आवास, शोषणबाट स्वतन्त्रता र बाँच्न पाउने तिनीहरूको अधिकारलाई समेत बालबालिकाको अधिकारको पूर्ण क्षेत्रलाई कमजोर बनाइरहेको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, “बास्तबमा कुनै पनि बच्चाको जीवनमा असर नपर्ने सम्भावना छैन । संयुक्त राष्ट्र संघीय यस निकायले सरकार तथा अन्य सम्बन्धित निकायहरूलाई बालबालिकाका लागि जलवायु अनुकूलन र लचीलापनमा बढी लगानी गर्न, सन् २०३० सम्ममा हरितगृह ग्याँस उत्सर्जनलाई कम्तीमा ४५ प्रतिशतले कम गर्न, जागरूकता बढाउन, युवाहरूलाई जलवायु परिवर्तन नीति निर्माणमा संलग्न गर्न र कोभिड–१९को प्रभाब कम भएको सुनिश्चित गर्न आह्वान गरेको छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top