अफगानी शरणार्थीलाई रोक्न ग्रीसले लगायो टर्कीसँगको सीमामा पर्खाल

५ भदाै,एजेन्सी ।

Advertisement

तालिबानको डरले अफगानिस्तान छोडेर भागेका अफगानी शरणार्थीलाई रोक्न ग्रीसले टर्कीसँगको सीमामा पर्खाल लगाएकाे छ । ग्रीसले ४० किलोमिटर लामो पर्खाल निर्माण गर्ने निर्णय लिएको हो।

ग्रीसका रक्षामन्त्री मिकालिस क्रिसोकौडिस शुक्रबार एभ्रोस क्षेत्रको भ्रमण गरेका थिए। त्यहाँ उनले भने, ‘हामी सम्भावित प्रभावको लागि चुपचाप पर्खन सक्दैनौं। कसैले हाम्रो सीमा पार गर्न सक्दैन।’

Advertisement

टर्कीले युरोपेली देशहरुलाई अफगान शरणार्थीहरुको जिम्मेवारी लिन अपील गरेकै समयमा ग्रीसले उक्त कदम चालेको हो।

तालिबानले अफगानिस्तान नियन्त्रण लिएपछि धेरै मानिसहरु आफ्नो ज्यान बचाउन देश छोड्न खोज्दैछन् र यसका लागि उनीहरु जुनसुकै हदसम्म जान तयार छन्।

Advertisement

२०१५ मा ग्रीस शरणार्थी संकटको केन्द्रमा थियो। मध्यपूर्वमा युद्ध र गरिबीबाट प्रभावित एक लाखभन्दा बढी मानिसहरु टर्की हुँदै ग्रीस प्रवेश गरेका थिए। यसपटक ग्रीसले गैरकानूनी रुपमा पसेका अफगानीहरुलाई देश निकाला गर्ने चेतावनी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top